स्थानीय सरकारलाई कर तिर्न बाध्य भो ! ड्याफोडिल स्कूल



२९ भदौ २०७५, काठमाडौं

वडा कार्यालयको जानकारीबाट परिवर्तन खबरले विगत पाँच बर्षदेखि स्थानीय सरकारलाई बुझाउने आम्दानी कर नबुझाएको खबर यही भदौ ८ गते स्थानीय सरकारलाई चुनौती दिदैं ड्याफोडिल स्कूल भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएको ३ दिनपछि सोमबार साँझ ड्याफोडिलका प्रिन्सीपलले विद्यालयले तिर्नुपर्ने सवै कर तिरेको भन्दै गलत समाचार प्रकाशन गरेको भनी पत्रिकाका सम्पादकलाई गाली गर्दै ३ वर्षसम्म जेल हाल्ने चेतावनी दिएका थिए । लगत्तै भोलिपल्ट परिवर्तन खबरले वडा कार्यालयबाट कर नतिरेको प्रमाणित कागजात सहित ड्याफोडिल स्कूलले ५ वर्षदेखि कर नतिरको वडा कार्यालयबाट प्रमाणित शिर्षकमा अर्काे समाचार प्रकाशित गरेको थियो ।

परिवर्तन सम्पादकले विद्यालय प्रिन्सीपलको धम्कीपछि महानगरीय प्रहरी प्रभाग कपनमा जीउधनको सुरक्षा गरी पाउँ भनी निवेदन दिएका थिए । विमस्टेक सम्मेलन र विद्यालय प्रशासनको आनाकानीका कारण निवेदन छलफलका लागि गत सोमबार प्रहरी निरीक्षक मिन बहादुर कुँवरले आफ्नो कार्यकक्षमा पत्रिकाका सम्पादक र विद्यालयका प्रिन्सीपललाई राखी छलफल गराएका थिए ।

प्रहरी कार्यालयलाई समेत प्रभावमा पार्न चाहेका ड्याफोडिलका संचालकले कपन प्रहरी प्रमुख कुँवरलाई गलाउन सकेनन् र स्वयम् विद्यालयका तर्फबाट प्रिन्सीपल र व्यवस्थापक छलफलका लागि उपस्थित हुन बाध्य भए । छलफलमा अब आइन्दा एक आपसमा मनमुटाव नगर्ने भनी दुवै पक्षवीच सहमती भएको थियो ।

पाँच वर्षदेखि कर नतिरेको स्कूलले जननिर्वाचित निकाय भएपछि समेत तिर्न चाहेको थिएन । वडा कार्यालयले जानकारी दिएको र स्थानीय प्रहरीले समेत कर तिर्न सुझाव दिएपछि अन्नतः आज भदौ २९ गते शुक्रवार ड्याफोडिल स्कूलले आम्दानी कर बापतको सम्पूर्ण कर तिरेको जानकारी बूढानीलकण्ठ नगरपालिका १० का वडाध्यक्ष नवराज भट्टराईले परिवर्तन खबरलाई दिए ।

बाध्यताबस ड्याफोडिल स्कूलले कर तिरे पनि विद्यालयले लिने विद्यार्थी शुल्क विवरण र सरकारी निकायमा बुझाएको शुल्क निर्धारण फारममा निकै अन्तर पाईएको छ ।

यो पनि पढ्नुहोस्

स्थानीय सरकारलाई चुनौती दिदै ड्याफोडिल स्कूल

ड्याफोडिल स्कूलले ५ वर्षदेखि कर नतिरको वडा कार्यालयबाट प्रमाणित

प्रतिक्रिया दिनुहोस्