२९ भदौ २०७५, काठमाडौँ
सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ बूढानीलकण्ठ नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसर पारी बाल प्रतिभा प्रस्फुटन कार्यक्रम भ्याली पब्लिक स्कूलको सभा हलमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बूनपा प्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, सामाजिक विकास शाखा तिला भट्टराई खनाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी कल्पना अधिकारी, लगायत शिक्षा, स्वास्थ्य शाखा, संघसंस्था समन्वय समिति, वडाध्यक्षहरु, बूनपामा रहेका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु नृत्य, क्यारीकेचर, नाटक, गीत लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खरेलले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
बाल दिवस समारोह समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कल्पना अधिकारी, संचालन सुमित खरेल, कार्यक्रमको औचित्यबारे प्रदिप डंगोलले बोलेका थिए भने परिवर्तन खबरको तर्फबाट आस्था र समिक्षा घिमिरेले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।