३० भदौ २०७५,काठमाडौं
‘घरको कमजोर आर्थिक अवस्थाका कारण ८ वर्षको उमेरबाट नै हलो जोतियो । बुवा पसलको सिलसिला घरबाटमा टाढा बस्नुहुन्थ्यो भने दाइ पनि । दुई विघा जग्गा जोत्ने र त्यसमा रोपाँई गर्ने जिम्मा मेरो र आमाको काँधमा थियो , खगेन्द्र प्रसाद नेपाल अर्थात ‘ज्ञानु विद्रोही’ले विगत सम्झिए ।
झापाको गोलधापमा २०३७ सालमा जन्मिएका खगेन्द्रलाई धेरैले चिन्ने नाम हो ज्ञानु विद्रोही । भन्छन्, ‘सर्टिफिकेटमा खगेन्द्र छ जसबारे कमै मानिस मात्र जानकार छन् ।’ विद्यालय जानु अघि सवेरै उठेर जंगलबाट दाउरा खोजेर ल्याउनुपथ्र्यो । उनले कक्षा पाँच सम्म नजिकै रहेको सरस्वती प्राथामिक विद्यालयमा अध्ययन गरे । मेहनती ज्ञानुले स्रोत केन्द्र स्तीय परिक्षामा उत्कृष्ट भएपछि छात्रवृत्ती प्राप्त गरे । भन्छन्, ‘त्यसपछि पढ्न अलिक सहज भयो ।’
तत्पश्चात पढ्नका लागि ४५ मिनेटको बाटो हिँडेर जानुपर्दथ्यो । त्यसअघि दाउरा ल्याउन सबेरै वन पस्नुपथ्र्यो । ढिला जाँदा वन पालेकोे कार्वाहीमा पर्ने डरल सबेरै जंगल गइन्थ्यो, उनले भने ।’ घरको दयनीय अवस्थाका कारण प्रायजसो मकैको च्याख्ला खाएको बताउँदै उनी भन्छन्, मैले जस्तो मकैको च्याख्ला त कसले खाएको होला र ?’
बाल्यकालमा गोठालो गएको, खोपी खेलेको , कक्षा ६ मा पढ्दा दाजुको कविता चोेरेर प्रथम भएको लगायतका घटनमा उनको स्मृतिमा ताजै छ । स्कुल पढ्दा उनको रोल नम्बर तीन भन्दा तल जादैनथ्यो । पढ्नमा अब्बल ज्ञानु संगीततर्फ पनि चासो दिन्थे । त्यसैले २०५३ सालमा भएको विरेन्द्र शिल्डमा नृत्यमा प्रथम समेत भए । उनको आमाले घर चलाउनको लागि चुरको व्यापार पनि गर्थिन । उनलाई धेरै जसोले चुरवालनी भाइ भनेर पनि बोलाउने गर्थे । भन्छन्, ‘आमाले चुर व्यापार गर्दा पनि धुम्रपानतर्फ मेरो ध्यान गएन ।’
उनले एक घटना सम्झिए, ‘कक्षा दशमा पढ्दा पिक्निक जाने कुरा भयो । पिक्निक जाने अघिल्लो रात सामान कुरेर तीनजना स्कुलमै बस्नुपर्ने भयो । म चाहिँ जेरी खानका लागि सामान कुर्ने निर्णयमा पुगेको थिएँ र जेरी चोरेर खाएँ पनि । घरमा अभाव कारण चिनी, चिउरा, मासु खानका लागि दशैँ कुर्नुपथ्र्यो । एकपटक एक भाडोँ चिनी पनि खाएँ । त्यसपछि गुलियोसँग त्यति नजिक हुन मन लाग्दैन ,उनले सुनाए ।
उनी २०५३ सालमा जनजागृती माद्यामिक विद्यालयबाट एसएलसीमा सहभागी हुँदा ११४ मध्ये १४ जना मात्र उतीर्ण भएका थिए । जसमा उनी स्कुलको तेस्रो भएका थिए ।
तत्पश्चात उनी दुदेमा रहेको दिदीको घरमा बसेर अध्ययन गर्न थाले । घरमा विभिन्न समस्या हुँदा हुँदै पनि अध्ययन गर्नुपर्छ भन्ने विचारले ति समस्या उनका लागि ठूला भएनन् । उनले कन्काई क्याम्पस सोरुङ्खामा आइए पढ्दा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट विद्यार्थी राजनीति पनि गर्न थाले । अनेरास्ववियुको प्रारम्भिक कमिटी (प्राक) मा उनी सदस्य हुँदै एक कार्यकाल सचिव तथा अर्को कार्याकाल अध्यक्ष बनेर नेतृत्वमा रहे ।
२०५६-५७ मा क्याम्पसले बनाएको एकेडेमीक ग्रुपको नेतृत्व ज्ञानुलाई दिइएको थियो । जसबेला उनले नेतृत्व गरेर साथीहरुकोे टोली लिएर शैक्षिक भ्रमणमा निस्किए । त्यतिबेला उनलाई यो भ्रमण टोलीमा कोही माओवादी रहेछ भने सबैलाई समात्ने चेतावनी पनि दिइएको थियो । ‘तर राजनैति क्रियाकलापमा सहभागी हुँदा मलाई नेतृत्व गर्ने ज्ञान भएछ क्यारे त्यस्तो चेतावनी आउँदा समेत भ्रमणको नेतृत्व गर्ने आँट आयो । तर एक जना साथीले चक्कु बोकेछन् । गोर्खा जाँदा चेकिङ्गमा परियो । बसका चालक पनि समातिने डरले त्यो चक्कु देखेपछि लुकाउन भ्याए । त्यहाँबाट बचियो अलिक पर पुगेपछि ति साथीले राम्रै मुक्का पनि भेटे , उनले भने ।
उनले विए पनि कन्काई क्याम्पसमै अध्ययन गरे । सो क्रममा उनले विभिन्न समस्या आउँदा आउँदै पनि स्ववियूको चुनावमा सचिवको रुपमा उम्मेद्वारी दिए । तर चुनाव केहि दिन अघि मात्र स्थिगित भयो । उनले त्यतिखेर पत्रमित्रता गर्दै धेरै साथीहरु बनाएका थिए । ‘दिनमै तीनपटक रेडियोबाट मेरो नाम बज्यो । त्यतिबला धेरै साथीहरु बनाएको थिएँ । ’
ज्ञानुले झापामै जागिर खाने सोच बनाएका थिए । तर राजनीति गर्ने व्यक्ति भएका कारण जागिर मिलेन अनि काठमाण्डौ प्रवेश गरे ।
स्नातकसकेपछि काठमाण्डौ आएका ज्ञानु भक्तपुरमा एभेरेष्ट इङलिश स्कुलमा जागिर खानका लागि गए । अंग्रेजीमा बिए गरेका कारण उनले त्यहि विषय पढाउने सोच बनाएका थिए । तर त्यहाँ उनलाई कक्षा ६ को नेपाली बिषयको इमानसिंह चेमजोङ पो पढाउन लगाइयो । राजनीति गर्दा भाषण गरिरहेका ज्ञानुले इमानसिंह चेमजोङको बारेमा भाषण पो दिएछन् । त्यहाँका प्रिन्सिपलले पढाइभन्दा ज्यादा भाषण भयो भनेपछि नेपाली विभागका ज्ञानुका चिनजानका सरले धेरै भएको हो थोरै होइन पढाउन सक्नुहुन्छ भनेपछि उनको जागिर पक्का भएछ । उनले एक वर्ष उक्त स्कुलमा पढाए । स्नातकोत्तर अध्ययनका लागि अध्यापन छाडेका थिए ।
२०५७ सालको एक घटना सम्झदै भने, ‘त्यतिखेर मैले नामको कारण दुख पाएको छु । काँकरभिट्टाबाट फर्कदा डायरीमा लेखेको ज्ञानु विद्रोही नामका कारण मलाई प्रहरीले पक्राउ गर्यो । त्यहिँ एक रात बस्नृुपर्यो । नामको कारण कुटाई पनि खानुपर्यो । गाउँघरमा सानेदेखि सबैले मलाई ज्ञानु भनेर बोलाउँथे । पछि राजनीति गर्न थालेपछि ज्ञानुसँग विद्रोही पनि थपेँ । प्रहरीको कुटाइपछि आफ्नो नाम झनै प्यारो लाग्न थाल्यो र यसैले निरन्तरता पायो ।’
उनमा साहित्य प्रतिको मोह पनि उत्तिकै थियो । साहित्यिक चौतारी,भेटघाट चौतारी लगायतका साहित्यिक कार्यक्रम चलाउने जिम्मेवारी पनि कुशालतापूर्वक सम्हाले ज्ञानुले । त्यस्तै अनुराग, गोरोटे, साहित्याकाश नामक पत्रिका पनि प्रकाशन गरेका ज्ञानु अन्य पत्रपत्रिकामा कथा पनि लेख्ने गर्थे । अंग्रेजी बिषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका ज्ञानु २०६४ सालबाट एम्बिसन एकेडेमीमा आवद्ध भए । हाल एम्बिसनको कार्यक्रम सञ्चालकको जिम्मेवारी सम्हालेका ज्ञानु हालै मात्र नेपाल संस्कृत विश्वविद्यालयको उप–प्राध्यापक समेत बनेका
छन् ।
‘एम्बिसनको पहिला कलेजमात्रै थियो । स्कुल पनि सञ्चालन गर्ने भनेपछि मैले व्यवस्थापकीय जिम्मेवारी लिएँ । साहित्यतर्फ लागेकाले व्यवस्थापकीय पाटो आफ्नो हैन झैँ लाग्थ्यो । तर हाल यसैमा आनन्द लाग्छ । सुरुवातमा त सानै कुराले तनाव पनि दिन्थ्यो , उनले सुनाए ।‘२०६४ सालमा अनाममण्डली गठन गर्यौँ । २०६२ तिर अनामनगरको बाजेको दैलोमा भेटघाट गथ्र्यौँ । पछिपछि साहित्यिक रचना सुनाउन थाल्र्यौँ । पछि यसैलाई निरन्तरता दिनका लागि अनाममण्डलीको गठन भयो । सुरुवातमा अनाममण्डलीको सदस्य थिएँ । पछि सचिव भएँ तर समय अभावका कारण हाल सदस्य मात्रै छु ।
सन् २०१० दश जना साथीहरु मिलेर रचना वाचन युट्युब च्यानलको सञ्चालन गर्यौँ । त्यस्तै छन्द अलंकार नामक टेलिभिजन च्यानल सुरु गर्यौँ । १० ओटा पाठ्यपुस्तक प्रकाशन गरेका ज्ञानुले एक गजल संग्रह पनि प्रकाशित गरेका छन् । भन्छन्, ‘अहिले जुन स्थानमा छु । गाउँघर जाँदा प्रगति गरेको होला भन्ने पत्याउन गाह्रै छ । हाम्रो पहिलेको गरिबी देख्नेहरुले ।’