शिक्षक संगठनको सम्मान तथा छात्रा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न



३० भदौ २०७५, काठमाडौँ

एकिकृत शिक्षक संगठन जिल्ला समन्वय समिति काठमाडौँद्वारा आयोजित सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रम वनस्थली काठमाडौँमा सम्पन्न भएको छ ।

भ्याली भित्रका विभिन्न ४२ वटा उत्कृष्ट विद्यालय, प्रधानध्यापक, विषयगत शिक्षकलाई थप उत्प्रेरित गर्ने उदेश्यले कार्यक्रममा सम्मान पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा भ्याली भित्रका १९ वटा विद्यालयहरु सहभागी भएको आयोजकले बताएका छन् । उक्त प्रतिस्पर्धामा जनपथ मा वि कलंकीले प्रथम पुरस्कार हातपार्न सफल भएको थियो । त्यसैगरि द्धितिय विश्व निकेतन मावि त्रिपुरेश्वर तृतिय जनकल्याण मावि माहांकाल, सान्त्वना महेन्द्र राष्ट्रिय मावि बालुवाटार र आवशीय मावि टोखाले शिल्ड हातपार्न सफल भएको जानकारी एकिकृत शिक्षक संगठन जिल्ला समन्वय समितिका अध्यक्ष कमाल दिन मियाँले दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख कृष्ण बहादुर महरा, विशिष्ट अतिथि अग्नी प्रसाद सापकोटा, विशेष अतिथिहरु डा. गंगालाल तुलाधर, धनीराम पौडेल, पुष्प विक्रम मल्ल, शंकर अधिकारी तथा अन्य अतिथिहरु रत्न ओली, पुर्ण दवाडी, सागर केसी नन्दलाल पौडेल, तिलकराज भण्डारी, विष्णु पोखरेल, सिताराम अधिकारी, इन्द्रराज भट्टराई, राम प्रसाद अधिकारी, कुल प्रसाद खतिवडा सहित विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रममा विभिन्न विद्यालयका छत्राहरुले आ–आफ्ना प्रतिभाहरु देखाएका थिए । कार्यक्रमको अध्यक्षता भिमप्रसाद पोखरेल, संचालन कमाल दिन मियाँले गरेका थिए ।

    

प्रतिक्रिया दिनुहोस्