प्रधानमन्त्रीको आश्वासन बोकेर कञ्चनपुर फर्किए निर्मलाका बुवाआमा



०२ असोज २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय दिलाउने प्रतिवद्धता जनाएसँगै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको बुवाआमा आज घर फर्केका छन् ।

निर्मलाका बुवा यज्ञराज र दुर्गादेवी पन्त गृह जिल्ला फर्किएका हुन् । बलात्कार र हत्याको घटनामा संलग्न अपराधी जोसुकै भए पनि कडा कारबाही गर्ने विषयमा हिजो प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका थिए ।

बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताएका थिए । घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराध भएकाले कडाइका साथ छानबिन र कारबाही गर्न आफूले निर्देशन दिएको प्रधानमन्त्री बताए ।

प्रतिक्रिया दिनुहोस्