अवार्डका लागि जापान गएकाले साम्राज्ञीप्रति रेनशाको चित्त दुखाई



२ असोज २०७५, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह छोटो समयमा दर्शकको अत्यन्तै माया र नाम कमाउन सफ अभिनेत्री हुन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्र क्षेत्रमा पाईला चालेकी साम्राज्ञीले त्यसपछि चलचित्रका लािग पछाडि फर्केर हेर्नुपरेको छैन । उनी दिनप्रदिन निकै व्यस्त र डिमाण्डेड पनि बन्दै गईरहेकी छिन् । हाल उनी जापानमा सम्पन्न भएको सूर्य अवार्डको लािग जापान पुगेकी छिन् ।

उनको नयाँ चलचित्र इन्टु मिन्टु लण्डनमा प्रदर्शनको अन्तिम घडीमा आउँदा साम्राज्ञीले चलचित्रको प्रचारप्रसारलाई ख्याल नै नगरी जापान गएकोमा चलचित्रकी निर्देशक रेनशा राई साम्राज्ञीबाट दुखी भएकी छिन् । साम्राज्ञीले जापानमा सम्पन्न सूर्य अवार्डमा मस्ट पपुलर नायिकाको अवार्ड पनि पाइन् तर उनले उक्त अवार्ड दर्शकको भोटले नभई आयोजकको हातबाट मात्र पाएको हुँदा उनी चलचित्रको प्रचारप्रसार नै छोडेर जापान जानु पर्ने जरुरी नभएको चलचित्रकी निर्देशक बताउँछिन् ।

साम्राज्ञीले चलचित्रको प्रचारप्रसारलाई बिचमै छोडेर जापान गएपनि चलचित्रकी निर्देशक रेनशा राई र चलचित्रका नायक धिरज मगर भने यतिबेला दिनरात चलचित्रको प्रचारप्रसारमा दौडिरहेका छन् । गीतसंगीत र ट्रेलरबाट असाध्यै राम्रो प्रतिक्रिया पाईरहेको चलचित्र इन्टु मिन्टु लण्डनमा यहि शुक्रबार असोज ५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्