०२ असोज २०७५, काठमाडौं
एएफपी विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न आफु तयार नभएको बताएका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भन्दै उनलाई जेल सजाय सुनाईएको थियो ।
लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने आफु सहमत भएका बताएका छन् । गत जुलाई १५ तारिखका दिन उनी विश्वकै गौरवपूर्ण ब्यक्ति बनेका थिए । लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ ।
बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।
‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उनले भनेका छन् ।