एक अफ्रिकन-अमेरिकनले सिटीको वाल्मार्ट बाहिर सन् १९९९ मा एक महिलाको फोन चोरेर भागेका थिए ।
फोन चारेर भाग्ने लामो कालो कपाल पछिल्तिर झारेका युवकलाई प्रत्यक्षदर्शीले बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाइ पक्राउ गरेको थियो ।
घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो ।
आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमाथि कुनै सुनुवाई भएन तर गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रिहा गरियो ।
जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो ।
पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् ।
जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् ।