विगत ९ बर्षदेखि मस्तिष्क रोगले पिडित मदनकृष्ण श्रेष्ठ सफल उपचारपछि घर फर्किए



३ असोज २०७५, काठमाडौँ

मदनकृष्ण श्रेष्ठ नेपालका निकै चर्चित र बरिष्ठ कलाकार हुन् । उनले धेरै चलचित्र र सिरियलहरुमा काम गरिसकेका छन् । मदनकृष्ण श्रेष्ठ केहिसमय अघिदेखि मस्तिष्कको रोगले पिडित थिए । डिप ब्रेन स्टुमुलेसन डीबीएस को सफल उपचारपछि उनी घर फर्केका छन् । केही समयदेखि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । यहि भदौ २५ गते गरिएको सफल अप्रेशनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मदन कृष्ण श्रेष्ठ विगत ९ बर्षदेखि यो रोगले पिडित थिए । अहिले भने अप्रेशनपछि आफ्नो स्वास्थमा केहि सुधार आएको उनले बताएका छन् । आजभन्दा ४ बर्ष पहिले उनले आफूलाई पार्किन्सन्स रोगले सताएपछि आफ्नो मस्तिष्कको बायाँतर्फ चिप्स राखिएको थियो । अहिले अप्रेशन गर्दा उनको दायाँतर्फ पनि चिप्स राखिएको छ । उनलाई लागेको रोगको अप्रेशन मुलुकमै पहिलो पटक भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्