३ असोज २०७५, काठमाडौँ
आज भन्दा करिब १ बर्ष अगाडी भएको नेपाल आईडल सिजन १ मा गएर जनताको अथाह माया र आफ्नो मेहेनतका साथ नेपालको पहिलो नेपाल आईडल बन्न सफल बुद्ध लामाका फ्यानहरुका लागि अत्यन्तै दुखीको खबर आएको छ ।
दिनदिनदेखि निरन्तर रुपमा ज्वरो आएपछि उनी अस्पतालमा भर्ना भएका छन् । उनलाई निकै ज्वरो आएपछि मङ्गलबार काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको छ । आफ्नो सुमधुर आवाजले सबैको मनमा बस्न सफल बुद्ध लामाको हाल नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अस्पतालमा भर्ना भएपछि उनलाई औषधी दिइएको कारणले अहिले उनको स्वास्थ्यमा केहि सुधार आएको छ तर उनको डिस्चाजैबारे भने डक्टरहरुले कुनै पनि जनकारी दिएका छैनन् ।