अल्फा बिटाको एक दिने शैक्षिक मेला सम्पन्न



०३ असोज २०७५, इटहरी

पछिल्लो समयमा पुर्वी नेपालका विद्यार्थीमा विदेशका कलेज प्रतिको आर्कषण उच्च हुँदै गएको छ । बिदेश अध्ययनका लागि जानेको संख्या बढ्दै गएको समयमा अल्फाबिटाले  इटहरीमा शैक्षिक संस्थाहरुको विषयमा एक दिने शैक्षिक मेला सम्पन्न गरेको छ ।

प्लस टु पछि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई विभिन्न देशका शैक्षिक संस्थाहरुका विषयमा अल्फाबिटा इटहरीले जानकारी गराएको छ । पढाई सँगसँगै रोजगारको लागि बिधार्थीहरुको विकसित मुलुकका शैक्षिक संस्थाहरुमा आकर्षण समेत बढ्दै गएको  गएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत बिभिन्न बिकसित देशका शैक्षिक संस्थाहरुका पाठ्यक्रम, शुल्क, कलेजको अवस्था लगायतका बिषयमा जानकारी गराएका अल्फा बिटा इटहरीका सिईओ सुभाष लुइटेलले वताए । अल्फा बिटाको एक दिने शैक्षिक मेलामा लगभग ४०० सय बढी विद्यार्थीहरु सहभागी भएर विदेशका शैक्षिक संस्थाहरुका विषयमा जानकारी हासिल गरेका थिए ।

सोही अवसरमा यूथ फर ब्लड सुनसरी च्याप्टरले शैक्षिक मेलामा सहभागी ६० जना भन्दा धेरै बिद्यार्थीहरुको ब्लड ग्रूपिङ गरी कार्ड समेत बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्