भुवनसँग डिभोर्स गरेको ९ बर्षपछि अर्को विवाह गर्दै अनमोलकी आमा सुस्मिता



३ असोज २०७५, काठमाडौँ

नायक अनमोल केसी नेपालका चर्चित र सदावहार भनेर चिनिने नायक भुवन केसी र कुनै समयमा नेपाली चलचित्रमा निकै नाम कमाउन सफल अभिनेत्री सुस्मिता केसीका छोरा हुन् । उनी नेपालका सर्वाधिक सफल र युवापुस्तामा अत्यन्तै स्टारडक कमाउन सफल नायकको रुपमा परिचित छन् ।

अनमोल आफ्नी आमा सुस्मितासँग नभई सानैदेदि बाबु भुवन केसीसँग बस्दै आएका छन् । तर उनको सम्बन्ध उनकाी आमा सुस्मितासँग पनि एकदमै सुमधुर रहेको छ । भुवन केसी र सुस्मिता केसी छुट्टिएर बसेको ९ बर्ष भैसकेको छ । सुस्मिता ९ बर्षसम्म एक्लै जीवन बिताइरहेकी थिइन् । तर अब भने यो समयमा आएर नायिका सुस्मिता बम्जनले विवाह गर्ने भएकी छिन् । सुन्दा अचम्म लाग्न सक्छ छोराको विवाह गर्ने उमेर भैसक्दा उनकी आमा विवाह गर्ने योजनामा छिन् । उनको विवाह गर्ने निर्णयमा अनमोल पनि आफ्नी आमाको सर्पोटमा रहकी छिन् । अष्ट्रेलियामा बस्दै आएका किरण रजनी नामक भारतीय नागरिकसँग उनले विवाह गर्न लागेकी हुन् ।उनले यहि सेप्टेम्बर ९ मा उनका प्रेमीसँग इन्गेजमेन्ट पनि गरिसकेकी छिन् भने अर्को बर्ष विवाह गर्ने तयारीमा छिन् ।

अनमोलकी आमा विवाह गर्ने तयारीमा हुँदा उनका बाबु भुवन केसी चाहिँ आफूभन्दा निकै कान्छि जिया केसीसँग प्रेमसम्बन्धमा रहेका छन् । उनी जियासँग लिभिङ टुगेदरमा बसिरहेका छन् । यसरी अनमोलको फिल्मी करियर जति सफल त्यति उनको पारिवारिक वातावरण भने सफल र राम्रो छैन ।

 

प्रतिक्रिया दिनुहोस्