एएफसी यू–१६ महिला च्याम्पियनसिप : मलेशिया र नेपाल पहिलो जितको लागि मैदान उत्रिदैँ



०७ असोज २०७५, माठमाडौं

एएफसी यू–१६ महिला च्याम्पियनसिप अन्तरर्गत ई चरणको खेलमा आज नेपाल मलेशियासँग खेल्ने भएको छ । यसअघि भएका दुई खेलमा लगातार नेपाल पराजित भएको थियो ।  त्यसपछि आज नेपालले मलेशियासँग खेल्न लागेको हो । खेल हल्चोकस्थित अपराह्न हुने जानकारी छ ।

यसअघिको नेपालको नजिता हेर्ने हो भने, नेपालले धेरै परिश्रम गर्नुृपर्ने देखिन्छ । नेपाल पहिलो खेलमा फिलीपिन्ससँग ४–० ले पराजित भएको थियो, भने म्यानमारसँगको दोस्रो खेलमा ११–१ ले पराजित भएको थियो । अपराह्न हुने खेल दुबै टिमका लागि पहिलो जितको लागि हुनेछ ।
फिलीपिन्स र म्यानमारले भने छनौटमा ६, ६ अंक जोड्दै अघिल्लो चरणमा पुग्ने पक्का गरिसकेका छन् ।

समुहको शीर्ष दुई टोलीले आगामी वर्ष थाईल्याण्डमा हुने एएफसी यू–१६ मा भाग लिन पाउने छन् । थाईल्याण्ड, दक्षिण कोरिया तथा उत्तर कोरियाले भने फाईनल चरणको लागि यात्रा तय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्