उमेर अनुसार स्तनको बृद्धि–विकास भएन? यसो गर्नुहोस्



०७ असोज २०७५, काठमाडौं

मानिस शारिरिक रुपमा आकर्षक देखिनुलाई सबै अंग प्रत्यंगको समान रुपमा बृद्धि तथा विकास हुन आवश्यक छ । स्तन मानिस (स्त्री तथा पुरुष) को शरीरको मध्य माथिल्लो भागमा देब्रे तथा दाहिने तर्फे हुने मांसपेशी युक्त अंग हो । युवा अवस्थामा एस्ट्रोजेन (estrogen), ९स्त्री मदजन०, हारमोन र मदचक्र (estron cycle) को कारण स्त्री हरूमा यसको अधिक विकास भई पुरुषको भन्दा ठूलो हुन जान्छ । स्तन दोस्रो करङ्गबाट शुरु भई छैठौं करङ्ग सम्म पुगेको हुन्छ । यसको उपयोगिताको बारेमा बिभिन्न मत भए पनि प्रमुख शारिरिक कार्य चाहि बालकको लागि दुध उत्पादन गर्नु हो । यो स्त्री रूको प्रमुख सौर्न्दय अङ्ग पनि हो ।

के गर्ने त? उमेरअनुसार स्तनको बृदि नहुँदा?

स्तनको आकार बृद्धि विकास नहुँदा कयौं महिलाहरू चिन्तित भएको देखिन्छन् । कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन् । धैरेलाई थाहा नहुन सक्छ स्तन बृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ । घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको बृद्धि विकासमा सहयोग पुग्ने गर्छ ।

घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन् । यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ । शरीरमा कहिँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ । स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यता पर्दछ जुन एलोबेरामा पाउने गर्छन् । अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ । जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ । एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार बृद्धिमा मद्दत पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्