शरिरलाई अधिक असर पार्ने १० किटाणुहरु के के हुन्? जानी राखौं



०७ असोज २०७५, काठमाडौं

मानिसको शरिर पनि एक प्रकारको मेसिन हो । यो आफ्नै अनुकुलताअनुसार चलाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यको लागि सबैभन्दा खतरनाक १० किटाणुको सूची तयार गरेको छ । औषधिले समेत असर नगर्ने किटाणुहरु ले हाम्रो श्वास्थ्यमा प्रवेश गर्यो भने यसले ठुलो असर पर्न सक्छ । यसले मानिसमा भएको रोग प्रतिरोधात्मक शक्तिलाई पुर्ण रुपमा नष्ट गर्ने काम गरिरहेको हुन्छ ।  ड्ब्लूएचओको सूचीमा सबैभन्दा माथि ईकोलीजस्तो घातक किटाणु रहेको छ। यसले अस्पतालमा भर्ना भएका कमजोर बिरामीको रगतमा संक्रमण फैलाउन सक्छ। जर्मनीमा हुने जी २० बैठकभन्दा अघि नै विश्व स्वास्थ्य संगठनले यसबारेमा छलफल र बहस गर्ने नेचर न्यूजले समेत उल्लेख गरेको छ।

यसका साथै ड्ब्लूएचओले सरकारको ध्यान जटिल रोग समाधानको उपाय वा एन्टीबायोटिक औषधिको खोजीमा केन्द्रित गर्न सूची बनाएको बताइएको छ । सुपरबग अर्थात खतरनाक किटाणुबारे विशेषज्ञ चिकित्सकले चेतावनी दिँदै केही जटिल प्रकृतिका रोगको उपचार हुन नसक्ने बताएका छन् । डब्लुएचओका चिकित्सक म्यारी पोल किनीका अनुसार एन्टीबायोटिकको प्रतिरोधात्मक क्षमता चेतावनीको स्तरमा पुगिसकेको छ। उनले भनेका छन्, ‘एन्टीबायोटिकको प्रतिरोधात्मक क्षमता चेतावनीको स्तरमा पुगिसकेको छ।यसलाई रोक्न कुनै औषधिको खोज गरिएको छैन। यसले मानव स्वास्थ्यलाई चुनौती थपिदिएको छ ।’

चिकित्सक कीनीले बजारको भरमा समयमै नयाँ एन्टीबायोटीको विकास नहुने र मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने दाबी गरेका छन् ।डब्लुएचओको उक्त सूचीमा टीभीलाई भने राखिएको छैन किनकी यसको उपचार खोज्न पहिले नै प्राथमिकता दिइसकिएको छ । विशेषज्ञले मौज्दात औषधिको प्रतिरोधात्मक क्षमतालाई ध्यानमा राखेर यसको सूची बनाएको बताएका छन्।

सो सूचीमा क्ल्याबसीलाको नामको ब्याक्टेरिया समेत समावेश छ । जसले कडा एन्टीबायोटिक कार्बापेनेम्सको लागि प्रतिरोधात्मक क्षमता बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्