८ असोज २०७५, काठमाण्डौ
मकवानपुरको राक्सिराङ गाउँपालिका खैराङमा जन्मिएका गेन्द्र लामाको बाल्यकाल सामान्य रुपमा बित्यो । निम्न मध्यम वर्गिय परिवारमा २०४२ सालमा जन्मिएका गेन्द्रले पढ्ने अभिलाषा पूरा गर्न कक्षा आठ पढ्दादेखी नै आफुभन्दा साना भाइबहिनीलाई ट्यूशन पढाएर आफूलाई पढ्ने पैसा जुटाएँ ।’
शिक्षाप्रतिको सानैदेखिको लगावले नै उनलाई चाबहिलस्थित चुच्चे पाटीमा रहेको प्राक्सिस इन्टरनेशनल स्कुलको संस्थापक प्रिन्सिपल बनायो । उनले घरबाट करिब २ घण्टा पैदल यात्रा गरी कालिका माद्यामिक विद्यालय खैराङ अठ्ठारेमा कक्षा सातसम्म अध्ययन गरे । आफू कक्षा ८ मा पढ्दै गर्दा आफुभन्दा भाइबहिनीहरुलाई पढाउँदै २०५९ सालमा बुद्ध शान्ति माद्यामिक विद्यालय गड्यौली चितवनबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
तत्पश्चत उनले ट्यूशनसँगै विद्यालय पनि पढाउन सुरु गरे । तत्पश्चात जनाआदर्श बहुमुखी क्याम्पस बिरेन्द्रनगर चितवनबाट प्रथम श्रेणीमा उत्तीर्ण गरेका गेन्द्रमा एक किसिमको साँघुरो ज्ञानको अनुभुती भयो र ‘आफूले राम्रो अंक ल्याएर आइएड उत्तीर्ण गरेकाले त्यहाँको पढार्इंको स्तर पुग्दैन भन्ने लागेर २०६२ सालमा काठमाण्डौ प्रवेश गरेँ , उनले भने । स्तरीय शिक्षाका लागि २०६२ सालमा काठमाण्डौ झरेको गेन्द्र आफान्तको छत्रछायाँमा चाबहिलमा बसोबास गर्न थाले ।
केहि समयपछि नै उनी चाबहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसमा बिएड अध्ययनका लागि भर्ना भए । त्यतिबेला उनी राजनीतिमा पनि सक्रिय थिए । २०५४ मा नै उनमा राजनीतिक चेत आइसकेको थियो ।२०५४ को स्थानिय निर्वाचनमा उनका पिता नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका थिए । तर गेन्द्रको आस्था भने कम्युनिष्ट पार्टीतर्फ थियो । त्यसकारण गेन्द्र २०५७ सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आवद्ध भए ।
भन्छन्, ‘२०६५ पछि राजनीतिमा उतारचढाव आयो । राजनीति गर्न पहुँच चाहिने , आर्थिक अवस्था बलियो हुनुपर्ने कारण राजनीति बाट बिस्तारइ छायामा पर्न थालयो । त्यसपछि राजनीतिमा सक्रिय हुन मन लागेन र शैक्षिक क्षेत्रमा केहि गर्न लागिपरेँ । २०६३ तिर नै मैले नेपालका कम्युनिष्ट पार्टी एक बन्नुपर्छ भन्ने धारणा राख्थेँ । हाल त्यो धारणले केहि मात्रमा सार्थकता पाएको छ । जसले निकै खुसी पनि बनाएको छ । तथापी सरकारले जनताको इच्छा अनुसार काम गर्न नसकेको जस्तो लाग्छ । दुई ठूला कम्युनिष्ट पार्टी एक भएर नेतृत्व गरिरहेको अवस्थामा पनि देशले काँचुली फेरेन भने देशमा परिवर्तन असम्भव छ ।’
तत्पश्चात शैक्षिक क्षेत्रमा केहि गर्ने सोचका साथ अघि बढेका गेन्द्रले कपनस्थित माउण्ट एभरेस्ट बोर्डिङ स्कुलबाट अंग्रेजी शिक्षकको रुपमा शिक्षण आरम्भ गरे । कक्षा आठ देखि नै शिक्षणको अनुभव बटुलिसकेको गेन्द्रलाई पढाउन खासै कठिन भएन । आफ्नो परीक्षाका कारण माउण्ट एभरेष्ट छाडेका गेन्द्रले केहि समयपछि गौरीघाटमा रहेको सगरमाथा स्कुलमा पढाउन थाले । उनी ल्होसार पर्व मनाउन शुक्रबारका दिन बिदा लिएर टुँडिखेल गएका थिए, प्रधानाध्यापकले शुक्रबार र शनिबारको तलब कटाईदिएपछि उनले सगरमाथा छाडे ।
त्यसको केहि समयपछि कान्तिपुर पत्रिकामा चाबहिलकै भुवनेश्वरी पव्लिक स्कुलमा अग्रेजी शिक्षक चाहिएको विज्ञापन छापिएको रहेछ । त्यो विज्ञापनले उनलाई भुवनेश्वरीको अंग्रेजी शिक्षक बनाइदियो । पछि उक्त विद्यालयमा पुरानो व्यवस्थापन परिवर्तन भएर नयाँ व्यवस्थापन आयो । नयाँ व्यवस्थापनले गेन्द्रलाई विद्यालयको लगानीकर्ता बन्न पनि आग्रह गर्यो । त्यस पछी भुवनेस्वेर स्कुलको नाम परिवर्तन गरी प्राक्सिस इन्टरनेशनल एकेडेमी राखियो । शिक्षकको रुपमा प्रवेश गरेका गेन्द्र समय क्रमसँगै सञ्चालक, भाइस प्रिन्सिपल हुँदै २०६७ सालमा प्रिन्सिपल बन्न पुगे ।
२०६७ सालदेखि हालसम्म संस्थापक प्रिन्सिपलको भूमिका निवार्हा गरिरहेका गेन्द्रले २०६८ मा रत्नराज्य क्याम्पसबाट अंग्रेजी विषयमा स्नात्तककोत्तर उतिर्ण गरे । त्यस्तै उनले नेपाल ल क्याम्पसबाट एलएलबी पनि गरेका छन् । भन्छन्, ‘व्यवहारिक र कानुनी ज्ञान पाउनका लागि कानुन पनि पढेँ । हाल उनी प्राक्सिस इन्टरनेशनल बाहेक अन्य संघसंस्थामा पनि आबद्ध छन् । गेन्द्र काठमाण्डौ विनायक शिक्षालय सिनामंगलका अध्यक्ष तथा शान्ति पाठशाला,लप्सीफेदीका सञ्चालक हुन् । त्यस्तै उनी नेशनल प्याब्सन काठमाण्डौ जिल्लाका सदस्य तथा प्रचार विभाग प्रमुख पनि हुन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) का महासचिव समेत रहेका गेन्द्र साहरा फाउण्डेशन लगायतका विभिन्न विभिन्न समाजिक संस्थामा आबद्ध छन् । उनले शैक्षिक ,अनुसन्धान,गोष्ठी तथा सेमिनारको सिलसिलामा चीन, भारत, थाइल्याण्ड,दुबई, मलेशिया, सिंगापुर , इजिष्ट लगायतका मुलुकहरुको भ्रमण पनि गरिसकेका छन् ।
उनको जीवनमा निकै दु:खद घटनाहरु पनि घटेका छन् । २०६२ सालमा बहिनी गुमाएका गेन्द्रले गत साल २०७४ असोजमा ५ वर्षको मलेशिया बसाईपछि नेपाल फर्कने क्रममा रहेका भाइलाई पनि गुमाउनुपर्यो, गहभरी आसु झार्दै भाबुक हुँदै उनले सुनाए । त्यस्तै सन् २०१४ मा थाइल्याण्डमा बनाना वोटिङ गर्दा उनी र उनका साथीहरु समुन्द्रमा झरे । तर पछि उद्धार टोलीले उनीहरुको उद्धार गर्यो , त्यो उनको जीवनको अविस्मरणीय क्षण हो , भन्छन् , ‘कालको मुखबाट बाँचियो ।’
आफ्नो विद्यालयले गुणस्तरीय शिक्षा दिएकाले अभिभावकले विश्वास गरेको उनको दावी छ । उनले भने, ‘अरु विद्यालयमा अतिरिक्त क्रियाकलाप भन्ने गरिन्छ तर हामीले संगीत, नृत्य, योगा, मार्सलआर्ट,स्काउट लगायत क्रियाकलापलाई अनिवार्य कक्षाका रुपमा राखेका छौँ । दिनहुँ सबै कक्षामा एउटा अनिवार्य क्रियाकलापको पढाइ हुने गर्दछ । एक्काइसौँ शताब्दीको शिक्षा सिपयुक्त, जीवनोपयोगी ,प्रतिस्पर्धात्मक समाजमा प्रतिस्पर्धा गर्न सक्ने विश्वमा बिक्न सक्ने, सिप र क्षमतायुक्त हुन आवश्यक छ । कोरा किताबी ज्ञानमा शिक्षालाई सिमित गर्नु हुँदैन भनेर हामीले अनिवार्य क्रियाकलापको व्यवस्था गरेका हौँ ।
अनिवार्य क्रियाकलामा राम्रो गर्ने विद्यार्थीलाई क्रियाकलाप अनुसारको छुट्टै तालिम पनि दिने गरेका छौँ ।’ यिनै शिक्षा सँगसँगै हामी सभ्यता र संस्कारयुक्त शिक्षालाई पनि उत्तिकै महत्व दिन्छौँ। हाल प्ले ग्रुप देखी कक्षा १० सम्म सञ्चालन हुँदै आएको छ । ‘हामीले मन्टेश्वरीदेखी मास्टर डिग्रीसम्म्म पढाउने योजना बनाएका छौँ ।त्यस्तै निकट भविष्यमै कक्षा ११ सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।
उनले २०७३ मा मोटिभेट न्युज डटकमले आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ट युवा प्रिन्सिपलको पुरष्कार समेत प्राप्त गरेका छन् । उक्त पुरष्कार तत्कालिन शिक्षामन्त्री धनीराम पौडेलले प्रदान गरेका थिए ।