०८ असोज २०७५, काठमाडौं
आगामी १५ असोजबाट बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको छ ।
खेल तालिकामा समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल १६ असोजमा ताजिकिस्तान तथा दोस्रो खेल २० असोजमा प्यालेस्टाईनसँग खेल्ने भएको हो । समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजिकिस्तान रहेको छन् भने, समूह ‘बी’ मा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता सहभागिता जनाउने वा नजनाउने भन्ने बारे अन्यौलमा थियो । आइतबार अघिल्लो संस्करणमा विजेताबापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको एन्फाले जनाएको हो ।
नेपाल ३१ महिनाअघि बंगबन्धु गोल्डकपको चौथो संस्करणमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बंगलादेश फुटबल महासंघ (विएफएफ) ले आइतबार एन्फालाई पठाएको हो । यससँगैं नेपालले पनि सो खेलमा सहभागिता जनाउने भएको हो ।