०९ असोज २०७५, काठमाडौं
आगामी १५ असोजबाट बंगलादेशको ढाकामा सञ्चालन हुन लागेको बंगबन्धु खेलका लागि नेपाली टोलीले आजबाट बन्द प्रशिक्षण सुरु गरेको छ ।
सातदोवाटो स्थित एन्फा मैदानमा सुरु भएको प्रशिक्षणमा कप्तान विराज महर्जनसहित अन्य २० खेलाडी रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । नेपाल साविक विजेता पनि हो । त्यसकारण यो खेलमा नेपालले सिधै भाग लिने भएको हो ।
नेपाली टोलीमा गोलकिपर विकेश कुथु सहित अन्य खेलाडीहरु एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।