नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी–१० लिग खेल्ने



०९ असोज २०७५, काठमाडौं

नेपाली क्रिकेटर सन्दीप लामिछाने फेन्चाइज लिग टी–१० लिग खेल्ने भएका छन् । लिग टी–१० लाई युएईको व्यासायिक   इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिएको छ ।

आगामी ०७ मंसिरदेखि १६ सम्म हुने खेल शारजाह क्रिकेट मैदानमा हुने बताईएको छ । खेलमा ८ टिमको सहभागिता रहने जनाईएको छ, जहाँ सन्दीपलाई केरला क्लबले किनेको हो । केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३४ लाख ८३ हजार रुपैयाँ) दिनेछ । सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन् । जहाँ वेस्ट इन्डिजक क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन् ।

लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन् । लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियममा सन्दीपले खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्