०९ असोज २०७५, काठमाडौं
मानिसमा राम्रो हुने सपना त जससँग भएनी हुन्छ नै । यस्ता खालका सपना पुरा गर्नलाई मानिसहरु विभिन्न खालका उपायहरु अपनाउने गर्दछन् । सबैलाई राम्रो, आकर्षक र फेसनेबल देखिने रुचि हुनु स्वभाविक पनि हो । फेसनेबल देखिन कतिपयले नयाँ नयाँ लुगा, मेकअप, हेयर स्टाइल अन्य थुप्रै प्रकारका गेट अपका कुराहरु गर्छन भने, कसैले बडि स्प्रे पयोग गर्ने गर्छन् । कतिपयले बडी स्प्रेको वास्नाको कारण व्यक्तित्व नै झल्कने विश्वास राख्छन । कार्यालय, कलेज, सपिङ र घुमफिरका बेला प्रायः मानिसले बडी स्प्रे लगाउँछ । कतिपयले त घरै बस्दा पनि बडी स्प्रे लगाउँछन । विशेषगरी गर्मीको समयमा पसिना आउँदा शरीर गन्हाउने हुँदा बडी स्प्रेको धेरैले गर्ने गरेको पाइन्छ । जाडो पनि नुहाउन झन्झट मान्नेहरूले बडी स्प्रे प्रयोग गर्ने गर्छन् ।
तर हालै प्रकाशित एक शोधले परफ्युम वा बडी स्प्रेले शरीरलाई हानी पुर्याउने तथ्य बाहिर ल्याएको छ । पसिनाको दुर्गन्ध हटाउन र सुगन्धित हुन लगाइने परफ्युमले पसिना निकाल्ने ग्रन्थीमा प्रभाव पार्ने मात्र नभइ प्राकृतिक प्रक्रियालाई समेत नकारात्मक प्रभाव पार्ने शोधको निष्कर्ष निकालेको छ । बडी स्प्रे प्रयोग नगर्दा शरीरबाट आउने दुर्गन्धित पसिनाले छेउछाउमा बस्नेहरू कहिलेकाहि नाक खुम्चाउने समेत गर्छन् । तर, तपाईंले प्रयोग गर्ने बडी स्प्रे कतिको खतरनाक र हानिकारक छ ज्ञान भने राख्नु पर्छ । तपार्इं हामीले प्रयोग गर्ने बडी स्प्रेमा सिन्थेटिक नामक तत्व हुनुका साथै अन्य प्रकारका हानिकारक रसायन मिसिएको हुन्छ । दैनिक बडी स्प्रेको प्रयोगले यसमा हुने एलिमुनियमबाट शरीरमा गम्भीर असर पर्न सक्छ । बडी स्प्रे प्रायः काँखी मुनि, घाटी र छातीमा लगाउने गरिन्छ ।
बडी स्प्रेमा हुने एलिमुनियम, क्लोरो हाइड्रेट, एलिमुनियम जिर्कोनियमले महिलामा स्तन क्यान्सर हुनसक्छ । साथै पुरुषमा प्रोस्टेट क्यान्सर र अलजाइमर जस्ता रोग लाग्ने विभिन्न अध्ययनहरूले जनाएका छन् । जर्नल अफ वायोकेमेस्ट्रिले गरेको अध्ययनका अनुसार एल्युमीनियमयुक्त बडी स्प्रे प्रयोग गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना अन्य सामान्यमा भन्दा बढी हुन्छ । किनकी एलिमुनियममा भएको तयहष्अष्तथ लगातय तत्वका कारण क्यान्सरको सम्भावना बढी हुन्छ । यसकारण बडी स्प्रेमा प्रयोग गर्नु अघि यसमा भएका रसायनका बारेमा बुझ्न जरुरी छ । साथै संवेदनशील भागमा बडी स्प्रे प्रयोग नगर्दा फाइदाजनक हुन्छ ।