बंगबन्धुका लागि प्रशिक्षण सुरु, किरण र रोहित अनुपस्थित



०९ असोज २०७५, काठमाडौं

आगामी १५ असोजबाट बंगलादेशको राजधानी ढाकामा हुने बंगबन्धु खेलका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरेको छ ।

सातदोवाटो स्थित एन्फा मैदानमा भईरहेको प्रशिक्षणमा विराज महर्जको कप्तानीमा २० खेलाडीले प्रशिक्षण लिईरहेका छन् । पहिलो संस्करणको पुरस्कार अन्तिम समयमा पाएसँगैं नेपालले पनि सहभागिता जनाउने भएको हो । हालै बंगलादेशमा साफ च्याम्पियनसिप खेलेकै टिम फेरी बंगबन्धुमा पनि जाने एन्फाले जनाएको छ । च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ सो टोलीमानै यथावत् छन, भने साविक टोलीको खेलाडीद्वय किरण चेमजोङ र रोहित चन्द भने अनुपस्थित रहने भएका छन् ।

उनीहरुको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङलाई अनुबन्ध गरिएको पनि एन्फाले जनाएको छ । किरण माल्दिभ्स र रोहित ईन्डोनेशियाको लिगमा व्यस्त रहेका कारण उनीहरु बंगबन्धु खेलमा जोडिन नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्