यौन सम्पर्कबारे केही भ्रमहरु, जुन तपाईको लागि राम्रो होईन



१० असोज २०७५, काठमाडौं

मानिस यौन सम्बन्धबाट नै जन्मिन्छ । सानो बालक देखि बुढा सम्म सबै यौन बाट अछुतो रहन सक्दैन् । पुरुष र महिला बिच हुने आकर्षण पनि यौनकै पाटो हो । सानोे बच्चाले आमाको दुध चुस्दा बच्चा र आमा दुबैलाई आनन्द आइरहेको हुन्छ, यस क्रियाकलापमा बच्चा आमा दुबैलाई यौन परिपुर्ति भइरहेको हुन्छ । हाम्रो समाजमा यौनलाई राम्रो रुपमा लिँइदैन । त्यसैलै प्रत्येक मानिसहरुले यौन भावनालाई दबाईरहेको हुन्छ ।  यौन सधैं जोकोहीलाई आवश्यक कुरा हो । जीवित रहनका लागि यो अति नै महत्वपुर्ण हुन्छ ।

यौन जीवनलाई सजिलो गराउनका लागि यहाँ केहि सेक्स भ्रमहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले हजार पटकभन्दा बढि सुनिसक्नुभएको हुनुपर्छ तर कुनै पनि पुष्टि भएका छैनन् । हामीलाई थाहा छ कि हामी धेरै सेक्सका बारेमा सोच्ने गछौँ तरपनि यौनसम्बन्धि शिक्षाको सवालमा अझै पनि धेरै प्रकारका मिथलाई आधार बनाएर कुरा गर्ने गछौँ । एक्काईसौँ शताब्दि इन्टरनेटको जमानामा थुप्रै यौनसम्बन्धित जानकारीहरु पढ्न पाइन्छ तर पनि ती सबै जानकारीहरु सही हुन् या मिथ, छुट्याउन मुश्किल पर्छ । तपाईंको यौन जीवनलाई सजिलो गराउनका लागि यहाँ केहि सेक्स भ्रमहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले हजार पटकभन्दा बढि सुनिसक्नुभएको हुनुपर्छ तर कुनै पनि पुष्टि भएका छैनन् । यस्ता भ्रमहरु केके हुन्? त, हेरौं

मुख मैथुनले महिला गर्भवती हुन्छिन्– यो नै सबभन्दा ठूलो गलत मिथ हुनसक्छ । अहिलेको टीनएर्जले पनि यो कुरालाई विश्वास गर्छन् तर सत्य के हो भने मुख मैथुनले गर्भ बस्दैन कुनै महिलाले वीर्य नै निलेको अवस्थामा पनि यो सम्भव छैन ।

स्खलितपुर्व नै योनीबाट लिङ्ग निकाल्दा सुरक्षित भईनछ– यो कुरा पनि सत्य होइन, जब कुनै पुरुषको लिङ्ग सम्भोग गर्नको लागि तयार हुन्छ तब उसले तरल पदार्थ निकाल्न थाल्छ त्यसमा पनि सन्तान उत्पादन गर्ने वीर्य रहेको हुन्छ । यदि तपाईं बच्चा नजन्माउने सोचमा हुनुहुन्छ र असुरक्षित यौन सम्पर्क गरिरहनुभएको छ भने तपाईंले पिल्स खानु नै उपयुक्त हुन्छ ।

पहिलो पटक हुनाले गर्भवती हुन्न– पुरानो सोच भएका गृहिणीहरु भन्ने गर्छन् कि कुनै पनि महिला पहिलो पटकको यौन सम्पर्कमा नै गर्भवती हुदिँनन् । सत्य कुरा के हो भने महिला कुनै पनि समयमा गर्भवती हुन सक्छिन् चाहे त्यो उसको पहिलो, दास्रो, तेस्रो पटक नै किन नहोस् । सुरक्षित हुन चाहनुहुन्छ भने कण्डमको प्रयोग गर्नुहोस् ।

खुट्टाको आकार हेरेर उसको लिङ्गको आकार पत्ता लगाईन्छ– यो यौनको सबभन्दा पुरानो मिथ हो र यसको चर्चा अहिले पनि रहेको छ जुन सरासर गलत हो । उसको खुट्टा सानो अथवा ठूलो हुनुले उसको गोप्य अंगसँग कुनै सरोकार राख्दैन । सानो उचाइको मानिसको पनि ठूलो लिङ्ग हुनसक्छ ।

महिनावारीमा यौन सम्पर्क गर्दा गर्भ रहदैन– यदि तपाईंलाई तत्काल सन्तानको चाहना छैन भने यस्तो कुरामा विश्वास गर्न बन्द गर्नुहोस् । गर्भ रोक्न कुनै पनि तरिका अपनाउनु भएको छैन भने महिला महिनाभर जुनसुकै समयमा पनि गर्भवती हुन सक्छिन् । याद राख्नुहोस् वीर्य यौनसम्पर्क राखेको धेरै दिनसम्म पनि बाँच्ने भएका कारण महिनावारीमा गरिएको सम्पर्कले पनि तपाईं गर्भवती हुनसक्नुहुनेछ ।

कुमारित्व पातलो झिल्लीले ढाकेको हुन्छ– कुमारित्व बहन गर्ने भनिएको झिल्लि कुनै पनि बेला टुट्न सक्छ यसको यौनसम्पर्कसँग कुनै सम्बन्ध छैन । यो झिल्लि बढि व्यायाम गर्नाले, साइकल चलाउँदा, घोड सवारीमा र पौडी खेल्नाले पनि टुट्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्