यू–१८ महिला टोलीलाई विदाई, भुटानको यात्रा आजै तय



१० असोज २०७५, काठमाडौं

आगामी सेप्टेम्बर २७ बाट भुटानमा सुरु हुने यू–१८ महिला साफ च्याम्पियनसिप खेल खेल्ने नेपाली टोलीलाई आज विदाई गरिएको छ ।

सो नेपाली टोलीलाई एन्फा कार्यबहाक अध्यक्ष बीर बहादुर खड्का, एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, महिला कमिटि अध्यक्ष बृन्दा देवान तथा तेक्वान्दो ओलम्पियन संगीना वैद्यलगाएतको टिमले विदाई गरेको हो । उनीहरु अपराह्न ३ बजे भुटानतर्फ प्रस्थान गर्ने जनाईएको छ ।

खेलमा नेपाल, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र बंगलादेश गरि ६ टिमको सहभागिता रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्