सन्तान प्राप्तिबारे केहि धार्मिक विश्वास सँग जोडिएको पाईन्छ । छोरा जन्माउनका लागि धार्मिक आस्थासँग जोडिएको केही तरिका बारे जानकारी गराएको छ ।
छोरा जन्माउनका लागि महिलालाई ६ तरिकाबारे जानकारी दिएको छ जसलाई अपनाएर छोरा जन्मिने बताइएको छ ।
स्वास्थ्य सम्बन्धि जानकारी दिने पत्रिकाको अनुसार यदि महिलाले धेरै खाना खान्छिन् र पश्चिमतर्फ मुख फर्र्काएर सुत्छिन् भने उनी छोरा जन्माउन सक्षम हुन्छिन् ।
यस्तै, महिलाले हप्तामा कुन दिन सम्भोग गर्दा छोरा हुन्छ भन्ने विषयमा पनि सल्लाह दिएको छ र यदि कसैले छोरा जन्माउन चाहेमा ती महिलाले कहिले पनि बिहानको नास्ता छोड्न नहुने पनि बताईन्छ ।
हप्ताको केही विशेष दिन शुक्राणु निकै सक्रिय हुन्छ जसका कारण छोरा जन्मिने सम्भावना बढ्छ । पुरुषले अमिलो खानेकुराहरु खान छोडेर शुक्राणुलाई बलियो बनाउन सक्ने सल्लाह दिएको छ ।
महिला अधिकारको विषयमा आवाज उठाउने ‘द लेडिज फिंगर’ ले यो लेखको अनुवाद प्रकाशित गरेको छ । पत्रिकाले व्यंगात्मक शैलीमा टिप्पणी गरेको छ, ‘लिंग परिक्षणविरुद्ध बनेको सबै कानूनका लागि यो ठूलो राहतको कुरा हो । यो विषयमा एउटा चेकलिष्ट छ जसलाई छोरा जन्माउनका लागि अपनाउन सकिन्छ ।’