एशियन यू–१८ स्कुल च्याम्पियनसिप : नेपालद्वारा चीन पराजित



१० असोज २०७५, काठमाडौं

भारत, आगरामा जारी एशियन यू–१८ स्कुल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित हात पारेको छ ।

हिजो भएको खेलमा नेपालले चीनलाई ३–१ ले पराजित गरेको हो । यसअघि लगातार दुई खेल हारेको नेपालले चीनसँग भने आफ्नो खातामा जित दर्ता गर्न सफल भएको हो । नेपालको जितमा टिका गुरुङले दुई तथा कप्तान दिनेश हेन्जनले एक गोल गर्न सफल भए ।

अब नेपालले समुह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्ने छ । सो खेलमा पनि जित हासिल गरे नेपाल दोस्रो चरणमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्