११ असोज २०७५, काठमाडौं
एसीसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान गरेका छ ।
सो टोलीमा १५ खेलाडी सहित अन्य ११ सदस्य रहेका छन् । टोलीलाई क्यानका पुर्व सिइओ भावना घिमिरे लगाएतको टोलीले विदाई गरेको हो । प्रतियोगितामा नेपाल सहित भारत तथा युएई र साविक विजेता अफगानिस्तान रहेका छन् ।
नेपालले राम्रो तयारी गरेकोले दोस्रो चरणसम्म पुग्ने कुरामा विश्वस्त छ । हामीले राम्रो तयारी गरेका छौं, प्रशिक्षक विनोद दासले भने । एशिया खेलमा नेपालले सेप्टेम्बर २९ मा पहिलो पटक भारतको सामना गर्ने भएको छ ।
नेपाली टोलीमा कप्तान आसिफ सेख तथा उपकप्तान कमल सिंह ऐरीलगाएत अन्य खेलाडीहरु शक्ति गौचन, विक्रम न्यौपाने, मनोक कटुवाल, विनोद दास, सुर्य तामाङ, अर्जुन ऐरी, सागर ढकाल, सन्दीप जोरा, तिर्थराज दास, भिम सार्की, रसिद खान, रविन्द्र जंग शाही, वपन सरार्फ, रित गौतम, नन्दन यादव, रवि शाह तथा रोहितकुमार पौडेल रहेका छन् ।