११ असोज २०७५, काठमाडौं
भारत, अगरामा जारी ४६ औं संस्करणको एशियन यू–१८ स्कुल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ ।
पाँचौं स्थानका लागि भएको खेलमा नेपालले श्रीलंकालाई हराएको हो । खेलको ३५ औं मिनेटमा नेपाली टिमका जय गुरुङले विपक्षको पासको सही सदुपयोग गर्दै गोल गरेका हुन् ।
विजेता नेपालले अब २८ सेप्टेम्बरमा चीन र भारतबीतको विजेतासँग खेल्ने नेपाली टिमका म्यानेजर रुपेश अधिकारीले बताएका छन् । प्रतियोगिताको समुह चरणबाट भने नेपाल बाहिरिसकेको छ ।