११ असोज २०७५, काठमाडौँ
यशकुमार परियार नेपाल चर्चित नायक र गायक दुवै हुन् ।चलचित्र बाटो मुनिको फूल बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका यशकुमार नायक हुनुभन्दा अगाडी सफल गायक भैसकेका थिए । उनले धेरै सफल गीतहरु गाइसकेका छन् । हाल भने उनी उनले पहिलो पटक निर्देशन गरेका चलचित्र छिरिङ मा व्यस्त छन् ।
हालैमात्र यशकुमारसँग लिइएको एक अन्तवार्तामा उनलाई उनको विवाहको बारेमा सोधिएको थियो । उनले अन्तरजातीय विवाह गरेका हुन् । वास्तवमा भन्ने हो भने यशकुमार हाम्रो समाजले तल्लो जातको भन्ने दलित जातिबाट हुन् । उनको विवाहको कुरा गरेपछि उनी भावुक भए । उनले आफूले विवाह गर्दा धेरै कठिनाई सहनु परेको र अझैपनि सबैकुरा सामान्य नभएको बताए । त्यतिमात्र नभएर यशकुमारले हाम्रो समाजबाट जातीय भेदभाव हट्न अझै समय लाग्ने बताए ।
यशकुमार सधैँभरि आफ्नो नाम यशकुमार मात्र बताउने गर्छन् । उनलाई उनको पुरा नाम नलेख्नुको कारण सोध्दा उनले आफू एउटा कलाकार भएकाले उनलाई चिन्ने व्यक्तिको लागि यशकुमार नाम मात्रै काफी भएको बताए । साथै उनले पहिलो पटक उनको पुरा नाम पनि भने । वास्तवमा उनको नाम सुरेश कुमार नेपाल परियार रहेछ ।