सरोगेसी के हो ? जानी राखौं



११ असोज २०७५, काठमाडौं

अविभावक बन्नका लागि आजको समयमा परम्परागत माध्यम मात्रै सीमित छैन । मानिसहरु अहिले विकल्पको रुपमा बच्चा एडप्ट गर्ने, शुक्राणु र अण्डा दान तथा सरोगेसी जस्ता माध्यमबाट आफ्नो पुस्तालाई निरन्तरता दिईरहेका पाईन्छन् । तर अझै पनि यी सबै कुरालाई समाजमा सहज रुपमा हेरिँदैन । तैपनि अहिले सरोगेसी अविभावक बन्ने एक लोकप्रिय माध्यम बनेको छ । पछिल्लो समय नेपालमा पनि सरोगेट गर्ने आमाबाबु धेनै भेट्टाईन्छ ।

सामान्यतयाः सरोगेसीका लागि कमजोर, अशिक्षित, बेरोजगार, गरिब तथा निर्णय क्षमतामा पहुँचविहीन महिलाहरू नै प्रयोग हुने गरेकाे पनि पाइन्छ । सरोगेसी भनेको बच्चा चाहने कुनै पनि दम्पतीले आफू सक्षम भएर पनि स्वास्थ्य या अन्य कुनै कारणले स्वयंद्वारा बच्चा असमर्थ भई दम्पतीले श्रीमानको वीर्य तथा श्रीमतीको डिम्ब वा श्रीमानमात्र सक्षम रहेको अवस्थामा श्रीमानको वीर्य तथा डिम्ब बैंकबाट किनेको डिम्ब वा श्रीमतीमात्र सक्षम रहेको अवस्थामा श्रीमतीको डिम्ब तथा वीर्य बैंकबाट किनेको वीर्य सरोगेट मदरको पाठेघरमा चिकित्सकद्वारा प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रक्रियालाई सरोगेसी (इन भिट्रो फर्टिलाइजेसन) भनिन्छ । सरोगेसीमा बच्चा चाहने पुरुष र भाडाकी महिलाबीच प्रत्यक्ष रुपमा शारिरिक सम्पर्क भने हुदैन । आफूले पाएका बच्चामाथि यस्ता महिलाको कानुनी अधिकार नहुनुका साथै डीएनएसमेत मेल खाँदैन । तसर्थ सरोगेसी मातृत्व वा प्रजनन क्षमतालाई पैसामा बिक्री गर्ने आधुनिक व्यवसाय नै हो भन्दा त्यक्ति फरक नपर्ला ।

जेजति महिलाले कोख लिन्छन्, सबै बच्चाहरू सवलांग जन्मिन्छन् भन्ने निश्चित हुँदैन । विकलांग बच्चा जन्मिएमा तथा अन्य केही कुरा चित्त नबुझेमा करार गर्ने दम्पतीले बच्चा अस्वीकार गर्ने जस्ता जटिलता विश्वभर देखिएका छन् । यस्तो अवस्थामा कोख बोक्ने महिला पैसामा ठगिने त छँदैछन्, स्वास्थ्य पनि बिग्रने अनि विकलांग बच्चासमेत स्याहार्नुपर्ने बाध्य आइलाग्ने हुन्छ । सरोगेसीले गर्दा कति परिवारमा खुसी छाएकाे छ भने कतिलार्इ दुखि पनि तुल्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस्