आजबाट हलहरुमा भिड्दैछन् ३ ठूला व्यानरका चलचित्र



१२ असोज २०७५, काठमाडौँ

आजबाट हलहरुमा ३ फरक जनराका चलचित्रहरु प्रदर्शनमा आएका छन् । चलचित्र एकसाथ हलमा जुध्नु राम्रो कुरा होइन । यसले प्रदर्शनमा आएका सबै चलचित्रले घाटा बेहोर्नु पर्ने हुन्छ । आजबाट देशका प्रत्येक हलहरुमा ३ फरक जनराका चलचित्रहरु एकसाथ हलहरुमा भिडन्त गरिरहेको छन् । पत्रकारीतामा निकै राम्रो छवि बनाइसकेका क्रृषि धमलाद्धारा निर्मित चलचित्र अनुराग, संगीता श्रेष्ठद्धारा निर्मित चलचित्र कथा काठमाण्डु र नेपालका चर्चित नायक तथा गायक यशकुमारद्धारा पहिलो पटक निर्मित चलचित्र छिरिङ एकसाथ आजबाट हलहरुमा आएका छन् ।

तिनै चलचित्रले फरक कथावस्तु बोकेको छ । त्यसैले दर्शकहरु हलमा कुन चलचित्र हेर्ने भन्ने अन्योलमा छन् । त्यतिमात्र नभएर यो साता हलहरुमा चलचित्रको बर्षात नै लागेको छ । बलिउड बहुप्रतिक्षित चलचित्र सुई धागा पनि यो साता नै हलमा प्रदर्शनमा आएको छ । तर अन्य दुई चलचित्रको तुलनामा कथा काठमाडौँ ले बढी हलहरु पाईरहेको छ । कुन चलचित्रले व्यापार राम्रो गर्छ त्यो भने हेर्न बाकिँ नै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्