१२ असोज २०७५, काठमाडौं
यौनलाई छाडापनको संज्ञा दिने नेपाली परिपाटी त्यत्ति नयाँ होईन । यसलाई अझै नेपाली समाजमा त्यत्ति खुलस्त रुपमा हेरिदैन । यो मानिसको आधारभूत आवश्यक्ता भित्र पर्दछ । यसबिना मानिसको अस्थित्व हुदैन । यौन व्यवहार विभिन्न उमेर समुह अनुसार फरक पर्छ, भनेर केही तथ्य अध्ययनले देखाएको छन् । कुन उमेर समुहमा कस्तो खालको यौन व्यवहार हुन्छन्, भनेर केही तथ्यहरु प्रस्तुत गरेका छौं । हेरौं । सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर-अवधीमा यसमा पनि परिवर्तन हुँदै जान्छ । विभिन्न अवस्थामा देखिने यौन व्यवहारलाई हामी यहाँ प्रस्तुत गरेका छौं ।
किशोरावस्था
–किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।
–सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, डि्रमिङ पनि यहि उमेरमा हुने गर्छ ।
–किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर गर्छ ।
–त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यामबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ ।
–किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आफ्नो धारणा बनाउने गर्छन् ।
२०–३५ को उमेरमा
–यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ ।
–एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ ।
–यस उमेरमा युवती आफ्नो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् ।
–उनीहरु आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् ।
–कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।
३५–५० को उमेरसम्म
–यो उमेरमा यौन प्रतिको झुकाव क्रमस कम हुँदै जान्छ ।
–तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ ।
–महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ ।
–एक सर्बेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महसुष गर्छन् ।