घान्द्रूक समाजको निमन्त्रणामा श्रेष्ठ हङकङ जाँदै



१२ असोज २०७५, काठमाडौं

राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर श्रेष्ठ भलिबल खेल्नका लागि हङकङ जाने भएका छन् ।

चुनमुन बटरफ्लाईको ग्रावनमा हुन लागेको दशौं पुरुष भलिबल प्रतियोगिताको लागि श्रेष्ठ जान लागेका हुन् । उनी शुक्रबार राती ११ बजे त्यसतर्फ प्रस्थान गर्ने छन् । घान्द्रुक समाजको आयोजनामा हुने खेलमा श्रेष्ठले आयोजक टोलीबाट खेल्ने बताईएको छ । घान्द्रुक समाजले बोलाएपछि त्यहाँ जान लागेको श्रेष्ठको भनाई रहेको छ ।

श्रेष्ठले गत वर्षको खेल पनि खेलेका थिए । त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका श्रेष्ठ उत्कृष्ट खेलाडीमा समेत चुनिएका थिए । खेलमा ८ टोलीको सहभागिता रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्