१४ असोज २०७५, काठमाडौं
यौन मानव जीवनको एक महत्वपुर्ण एक पाटो हो । यसबाट मानिसलाई एक अथाहा आनन्द तथा खुसी मिल्न सक्छ । तर यसलाई सही उपयोग गर्नु पर्छ । संयमित र सक्रिय यौनले शारीरिक र मानसिक रुपमा फाइदा गर्छ । यौन मानिसको अनिवार्य आवश्यक्ता हो । खासगरी दाम्पत्य जीवनमा यौनले विशेष भूमिका खेल्छ । जब यौनको कुरा गर्छौं, सन्तुष्टिको कुरा उठ्छ । यौनमा सन्तुष्टि लिने तरिका एकैनास हुँदैन । कसैले यसबाट सामान्य आनन्द लिन्छन् भने कसैले चरम आनन्द । यौन क्रिया सबैको उस्तै हो । विपरित यौनाङ्गको घर्षणबाट यौन सन्तुष्ट लिने हो । तर, यौन सन्तुष्टिको पनि मात्रा छ । यसको चरम आनन्दमा पुग्नु आफैमा एउटा महत्वपूर्ण पक्ष हो ।
चरमसुख के हो ?
यदी सहवासको समयमा पति-पत्नी दुवैले मन लगाएर यौन सम्पर्क गरेका छन् भने उनीहरु दुवैलाई चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यौनसम्बन्ध राख्दा यदि चरमोत्कर्षमा पुगेनन् वा चरमसुख प्राप्त गरेनन् भने दुवैमा तनाव बढ्छ र झगडा हुन थाल्छ । यस्ता धेरै उदाहरणहरु हामीले हाम्रो समाजमा देख्दै आएका छौं । एक युवक आफ्नो पत्नीसँग यौनसम्बन्ध राख्ने क्रममा फोरप्लेमा धेरै ध्यान दिँदैनन् । जबकी उनकी पत्नी फोरप्लेको साथमा तन्मयतासँग सेक्स गर्न चाहन्छिन् । पतिले यस्तो नगर्नाले पत्नीले चरमसुखसम्म पुग्न सक्दिनन र अक्सर दुवै बीच यसै कुरालाई लिएर धेरै झगडा हुन्छ ।
चरमोत्कर्ष (अर्गाजम) के हो ?
चरमोत्कर्ष यौनसम्बन्धको मजबुत कडी हो । मेडिकल साइन्सका अनुसार सहवासको समयमा शरीरमा हुने विभिन्न परिवर्तन र चरमसुखलाई नै चरमोत्कर्ष एवं अर्गाजम भनिन्छ । सर्वेक्षणका अनुसार महिलाहरुमा पहिलो चरमसुखको लागि सही उमेर १८ वर्षको हो । भर्खरै विवाह गरेका महिलाहरुले यौनसम्बन्ध राख्दा चरमोत्कर्षको आनन्द उठाउन सक्दैनन् तर, केहि समय पछि लगातार यौनसम्बन्ध राखेमा अर्गाजममा पुग्न सक्छन ।
चरमोत्कर्ष (अर्गाजम) कसरी प्राप्त गर्न सकिन्छ ?
लामो लामो सास लिने–
यौनसम्बन्धबाट चरमसुख प्राप्त गर्नको लागि पतिपत्नीको मनमा दृढशक्ति र जिज्ञासा हुन जरुरी हुन्छ । यसको आनन्द पुरा शरीरले उठाउँछ तर यसको सुरुवात भने सासबाट हुन्छ ।
यौनसम्पर्कको समयमा सासमा ध्यान दिनुहोस् । चरमसुख वा अर्गाजमको नजिक पुग्दा लामो लामो सास लिनुहोस र छोड्नुहोस । अक्सिजनले शरीरमा रक्तप्रवाह तेज बनाउँछ त्यसैले जति लामो सास फेर्नुहुन्छ तपाईले यौनआनन्द धेरै उठाउन सक्नुहुन्छ ।
सेक्स टोयको प्रयोग–
सेक्स टोयको मद्धतले फरक खालको आनन्द अनुभव हुन्छ । यो अर्गाजमसम्म पुग्ने सबैभन्दा सजिलो तरिका हो । सेक्समा चरमसुखको अनुभव गर्न सेक्स टोयहरुको आवश्यकता हुँदैन तर यसले सहवासमा उत्तेजना बढाउनमा धेरै राम्रो भूमिका खेल्छ ।
काल्पनिक संसारमा रमाउने–
उत्तेजक सपना देखेर पनि चरमसुख प्राप्त हुन्छ । यो सहवास कि्रयालाई आनन्ददायक र उत्तेजक बनाउनमा पनि सहयोगी हुन्छ । यदि तपाईलाई आफ्नो यौनसाथी सँग यौनसम्बन्ध राख्दा उत्तेजना महसुस हुँदैन भने यस्तो स्थितीमा कल्पनाले पनि तपाईलाई अर्गाजम सम्म पुर्याउन सक्छ ।
कामोत्तेजक अंगहरु खेलाउने–
सहवासको क्रममा आफ्नो शरीरलाई एक्टिभ राख्नुहोस् । धेरैजसो महिलाहरु शरीरलाई कडा बनाउँछन् जुन गलत हो । चरमसुख प्राप्त गर्नको लागि दुवै पार्टनरले शरीरको भरपुर प्रयोग गर्नुहोस् ।
फरकफरक आसन अपनाउने–
सहवासको समयमा साधारण र सजिलो तरिकाले वा सँधै एकै किसिमको आसनमा सेक्स नगर्नुहोस् । पार्टनरको साथमा फरकफरक सेक्स आसन अपनाएर सहवास गरेमा अर्गाजम सम्म पुग्न सजिलो हुन्छ ।
यौनक्रियामा शरीरलाई लिप्त पार्ने–
आनन्द र उत्तेजन रहने कोसिस गर्नुहोस । यौनसम्पर्क गर्दा शरीरका ११ भागलाई लिप्त गर्ने कोसिस गर्नुहोस । कामोत्तेजनाको कारण मांसपेसीहरु खुम्चिएका छन् भन भने विस्तारै मसाज गरेर रिल्याक्स रहने प्रयास गर्नुहोस् । फ्रेस मुडमा सहवास गरेमा मात्रै अर्गाजमसम्म पुग्न सकिन्छ ।
फोरप्लेलाई प्राथमिक्ता दिने–
सेक्स भन्दा पहिले चुम्बन, स्पर्श, एकआपसमाचल्ने, अंगालो मार्ने गर्नुहोस् किनभने यसले कामवासना जागृत हुन्छ ।
चिकित्सकहरुका अनुसार पुरुषको यौनेच्छा शरीरसम्म मात्रै सिमित हुन्छ भने महिलाहरु सहवासको भावनाले जोडिन्छन् । त्यसैले फोरप्ले मार्फत चरमसुख प्राप्त गर्दै यौनको भरपुर आनन्द लिनुहोस् ।
स्वास्थ्य परिक्षण गराउँने–
यदि माथि उल्लेखित सबै चीज गर्दा पनि सहवासमा सन्तुष्टि मिल्दैन र अर्गाजमसम्म पुग्न पाउनुभएको छैन भने तुरुन्त डाक्टरसँग चेकअप गराउनुहोस् । कैयौंपटक धेरै औषधिहरुको सेवन गर्नाले पनि अर्गाजमसम्म पुग्न दिँदैन । यौनसम्पर्क गर्दा चरमसुख प्राप्त नगर्नाले आपसी सम्बन्धमा पनि दरार उत्पन्न हुन थाल्छ । आपसमा झगडा हुन थाल्छ मानसिक तनाव हुन्छ र यहाँ सम्म कि वैवाहिक जीवननै खतरामा पर्न सक्छ । यसैले पतिपत्नी दुवैले यस्तो तरिकाले यौन सम्पर्क राख्ने प्रयास गर्नुहोस कि दुवै जना चरमोत्कर्षमा पुग्न सकियोस । यौन दाम्पत्य जीवनको महत्वपूर्ण भाग हो । यसलाई नजरअन्दाज नगर्नुहोस् पतिपत्नीको सम्बन्धमा जुन तरिकाले आपसी व्यवहार र सहयोगले मधुरता दिन्छ ठिक त्यसै तरिकाले उचित र आनन्ददायक सेक्सले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।