पल शाह र पूजा शर्मा स्टारर चलचित्र म यस्तो गीत गाउँछु युट्युबमा सार्वजनिक, तर किन हेर्न पाइदैन नेपालबाट ?



१४ असोज २०७५, काठमाडौँ

पछिल्लो समयमा नेपाली चलचित्रहरु रिलिज भएको केहि महिनामै युट्युबमा राखिने प्रचलनका कारण हलहरुमा दर्शकको सङ्ख्या कम भएको भन्ने विषयमा नेपाली सिनेवृतमा ठूलै चर्चा चलेको छ । हुन पनि आजभोली नेपाली चलचित्रहरु रिलिज भएको केहि महिनामा युट्युबमा अपलोड गरिन्छन् जसका कारण मानिसहरु युट्युबमै आफूलाई मन लागेका चलचित्रहरु हेर्ने गर्छन् । यसो हुँदा युट्युबमा चलचित्रले धेरै नै भ्यूज पाउँछन् तर निर्माता निर्देशकले कत्तिपनि पैसा कमाउँदैनन् ।

करोडौँ पैसा लगानी गरेर निर्माता निर्देशकले चलचित्र बनाउँछन् तर आजकलका दर्शकहरु घरमै बसीबसी पैसा तिर्नु नपर्ने भएकाले चलचित्रहरु युट्युबमा कहिले आउँछ भनेर पर्खेर बस्ने गरेका छन् । यसैकारण आजभोली नेपाली चलचित्रहरु युट्युबमा कम मात्रामा हाल्न थालिएको छ । केहिसमय अघि रिलिज भएका सुपरहिट चलचित्रहरु अहिलेसम्म युट्युबमा हालिएको छैन । हालैमात्र युट्युबम २०७४ सालको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा अपलोड गरिएको छ । तर उक्त चलचित्र नेपालबाट भने हेर्न पाइने छैन । उक्त चलचित्र नेपालभन्दा बाहिरका दर्शकहरुले मात्र हेर्न पाउने भएका छन् ।

नेपालमा पहिलो पटक यो शैली अपनाइएको हो । नेपाली चलचित्र हेर्ने दर्शक घट्न थालेकाले यस्तो प्रविधि सुरु गरिएको हो । नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र म यस्तो गीत गाउँछु नेपालमा पनि नमस्तेको सीमकार्ड बोक्ने मानिसहरुले डाटाबाट चाहिँ हेर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्