१५ असोज २०७५, काठमाडौँ
Facebook Community Leadership Program 2018 अन्तर्गत फेसबुकले संखुवासभा जिल्लामा जन्मिएका सूर्य कार्कीलाई सामुदायिक शिक्षामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्ने भएको छ । कार्की हाल यूनाईटेड वल्ड स्कूल्स नेपालको को फाउण्डर,कन्ट्री डाइरेक्टर र दियालो फाउण्डेसनको फाउण्डरको माध्यमबाट सामाजिक कार्यमा सक्रिय छन् ।
देशको शिक्षा क्षेत्रमा नयाँ आयम स्थापित गर्न लागिपरेका कार्की विश्वभरीका ४६ मुलुकका ६ हजार आवेदनकर्ता बाट ११५ भित्र यस सम्मानका लागि छानिएका हुन् । दक्षिण एसियाबाट कार्की यस सम्मानका लागि छानिने एक्ला नेपाली युवा हुन् । यसको घोषणा यहि सेप्टेम्बर २३ मा भएको थियो । सम्मान कार्यक्रम यहि अक्टोबर ८ देखि १२ ,क्यार्लिफोर्नियाको फेसबुकको हेडक्वाटरमा हुदैछ । उनी यस भन्दा अघि सन् २०१७ मा फोब्स को ३० वर्ष मुनिका ३० उदयीमान युवा व्यवसायीको सूचिमा पर्न सफल भएका थिए ।
कार्की नेपालको विकट हिमाली जिल्ला संखुवासभामा जन्मिएर आफ्नो औपचारिक शिक्षा बुढानिलकण्ठमा आर्जन गर्दै विभिन्न अवसरहरु प्राप्त गर्दै गए । अर्थशास्त्र र ब्यवसायमा चिनको चिङवा विश्वविद्यालय (Tsinghua University ) बाट मास्टर गरेका सूर्य देशको अर्थतन्त्र तथा विकासमा पछिल्लो समय सक्रिय छन् ।
Link to facebook announcement made Sep 23: https://newsroom.fb.com/…/introducing-the-facebook-communi…/Announcement on facebook: https://communities.fb.com/program-participants/surya-karki