बंगबन्धु लिग आजबाट सुरु, नेपालको पहिलो भेट ताजिकिस्तानसँग



१६ असोज २०७५, काठमाडौं

बंगलादेशमा आजबाट बंगबन्धु फुटबल लिग सुरु हुदैँ छ । खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुने बताईएको छ । साविक विजेता नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको छ । नेपालले यसलाई डिफेन्डिङको रुपमा खेल्ने छ ।

नेपाल समुहको कठिन स्थानमा छ, किनकी पहिलो समुहमा नेपाल भन्दा राम्रो मानिएका प्यालेस्टाईन र ताजिस्तिान छन् । सन् २०१७ को दुई खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको थियो । नेपाल ताजिकिस्तानसँग २–१ तथा ३–० ले पराजित भएको थियो । खेलमा सहभागि हुनको लागि विराजको कप्तानीमा २० खेलाडीको नेपाली टोली बंगलादेश पुगेको छ । यस खेलमा नेपालका दुई कुशल खेलाडी अनुपस्थित भएका छन् । गोलकिपर किरण चेमजोङ तथा मिडफिल्डर रोहित चन्द अनुस्थित हुने भएको हुन् ।

नेपालले अन्तिम समयमा आएर निर्णय लिएकोले नेपालसँग खासै तयारी नभएपनि आफुहरुले सतर्कता अपनाएर खेल्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्