आफ्ना बुबा बिरामी भएका कारण चलचित्र ‘लब स्टेशन’ बाट हात झिकिन् निरुताले



१६ असोज २०७५, काठमाडौँ

नायिका निरुता सिंह नेपालकी निकै चर्चित नायिका हुन् । कुनै समयमा नेपाली चलचित्रमा कब्जा जमाएकी निरुता पछिल्लो समयमा भने नेपाली चलचित्रबाट टाढा गएकी थिइन् । उनी ९ बर्षदेखि मुम्बईमा रहँदै आएकी थिइन् । उनले ९ बर्ष पछि नेपाली चलचित्रमा चलचित्र नाई नभन्नु ल ५ देखि कमब्याक गरेकी हुन् ।उक्त चलचित्रमा उनको अभिनय थोरै भएपनि निकै दमदार थियो ।

चलचित्र नाई नभन्नु ल ५ मा निरुताको अभिनयलाई सबैले रुचाएपछि पुन : एकपटक नेपाली चलचित्रमा उनको डिमाण्ड बढेको छ । उनी अब लगातार नेपाली चलचित्रमा आउने भएकी छिन् । उनले केहिसमय अघिमात्र चलचित्र लब स्टेशनका लागि साइन गरेकी थिइन् । तर अब उनी उक्त चलचित्र नगर्ने भएकी छिन् । उनले उक्त चलचित्रबाट हात झिकेकी छिन् ।

प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा निरुता सिंह र उत्तम प्रधानको जोडि रहने पक्का भएको थियो । तर नायिका निरुता सिंहले चलचित्रबाट हात झिकेपछि अब चलचित्रमा को नायिका हुन्छिन् त्यो भने थाहा छैन । नायिका निरुता सिंहको बाबा असाध्यै बिरामी भएका कारण हाल निरुता आफ्ना पिताको उपचार मुम्बईमै गराइरहेकी छिन् । निरुताले आपूलाई चलचत्रि लब स्टेशन गर्न एकदमै मन भएको तर सोहि समयमा आफ्ना पिता बिरामी भएकाले उनको लागि चलचित्र भन्दा पिताको स्वास्थ्य महत्वपूर्ण भएकाले चलचित्रबाट हात झिकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्