मेसीलाई म्यारोडोनाको सल्लाह : ‘राष्ट्रिय टिममा फर्केर नजाउ’



१६ असोज २०७५, काठमाडौं

विश्वकपबाट बाहिरिएपछि राष्ट्रिय टिमका दुई खेलमा अनुपस्थित रहेका स्टार खेलाडी लियोनेल मेसीलाई अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्याराडोनाले राष्ट्रिय टिमबाट सन्यास लिन सल्लाह दिएका छन् । अर्जेन्टिनाको असफलतामा मेसीलाई निशाना बनाइएकोमा म्याराडोनाले असन्तुष्टि व्यक्त गर्दै सो विचार व्यक्त गरेका हुन् ।

अर्जेन्टिनी फुटबल व्यवस्थापनको आलोचना गर्दै म्यारोडोनाले भनेका छन्, ‘अन्डर १५ टिममा हुँदा अर्जेन्टिना हार्यो दोष मेसीलाई नै दिइयो, बोका जुनियर्ससँगको विवादमा पनि मेसीलाई नै दोष दिइयो, मेसीलाई सधै निशाना बनाइन्छ ।’ म भन्छु, ‘टिममा फेरी फर्केर नजाउ, हेरौं तिनीहरुले कसरी ह्यान्डल गर्छन टिमलाई ।’

प्रतिक्रिया दिनुहोस्