साफ च्याम्पियनसिप यू–१८ महिला फुटबल : बंगलादेशविरुद्ध नेपाल उत्रिदैँ



१६ असोज २०७५, काठमाडौं

भुटानमा जारी साफ यू–१८ मा महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले बंगलादेशसँग भिड्ने भएको छ ।

खेल भुटानको राजधानी थिम्पुमा नेपाली समय अनुसार साँझ ०६ः १५ मा सूरु हुने छ । समुह चरणको खेल खेलिरहेका नेपाल र बंगलादेशले आजको समुह विजेताको टुङ्गो लगाउने छन् । यसै समुहको पाकिस्तान भने यसअघि नै बाहिरिसकेको छ । पहिलो खेलमा नेपाललाई पाकिस्तानले १२–० को फराकिलो अंकका साथ हराएको थियो, भने बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको थियो ।

नेपालले बंगलादेशविरुद्ध कडा प्रतिस्पर्धामा उभिदैँ विजेताको रुपमा सेमिफाईलमा जान चाहान्छ । यस समुहमा नेपाल र बंगलादेशको समान अंक ३–३ छ ।

प्रतिक्रिया दिनुहोस्