१६ असोज २०७५, काठमाडौं
भनिन्छ, मानिस जन्मनु ठुलो कुरा होईन ! जन्मिसकेपछि कसरी बाँच्छ त्यो ठुलो कुरा हो । तर राम्रोसँग बाँच्नुलाई स्वास्थ्य पनि राम्रो चाहिन्छ त्यसैले त भन्छन्, ‘स्वास्थ्य नै मावन जीवनको ठूलो धन हो ।’
‘एउटा यस्तो ठाँउ, जहाँ, विरामीहरु रमाउँछन् । दुखलाई भुल्छन्, अनि हाँसो तथा खुसी एक आपसमा साटासाट गर्छन् । जुन ठाँउमा शारिरीक मात्र नभई मानसिक तन्दुरुस्तता पनि मिल्छ, उनीहरुलाई । त्यस ठाँउको आदर तथा सत्कारले नै आफुलाई त्यसै पनि ठिक भएको महसुस गर्छन् विरामीहरु । अनि आफुहरुले एक मान्छे कारागारबाट रिहा भएझैं अनुभव गर्छन् उनीहरु ।’
सन् १९९८ मा कोरियाबाट सुरु भएको कोरियन थेरापी अहिले धेरै बृद्धबृद्धा जुनसुकै उमेर समुहका विरामीहरुको सहारा बनेको छ । सानो भन्दा सानो देखि लिएर शरिरको कुनै पनि समस्यालाई थेरापीको माध्यमबाट नै समाधान गर्न सकिने एक भरपर्दो उपाय हो, कोरियन थेरापी ।
विश्वको ८० राष्ट्रमा फैलिएको यो थेरापीमा अहिले धेरै विरामीहरु लाभान्वित भईरहेका छन् । यो सेवा नेपालमा मात्रै २८ ठाँउ सञ्चालनमा रहेका छन् । जसमा पनि काठमाडौंमा मात्रै यो ७ ठाँउ सञ्चालनमा रहेका छन् । यस्तै ठाँउहरुमा एक स्थान हो–जोरपाटीस्थित ‘स्तुपा फिटनेस कियर प्राईभेट लिमिटेड’ जुन स्थानबाट दिनहुँ ४ सय देखि ५ सय विरामीहरुले सेवा लिईरहेका हुन्छन् । ‘स्तुपा फिटनेस कियर प्राईभेट लिमिटेड’ प्रमुख हुन, बाबुराजा श्रेष्ठ, आफुले कोरियामा सात वर्ष बिताउँदै यो स्थानसम्म आईपुगेको प्रमुख श्रेष्ठको अनुभव छ ।
आफु वि.स. २०६८ सालमा कोरियाबाट फर्केपछिको पुरै समय यस्तै विरामीहरुको सेवामा नै बिताउने गरेका छन् । थेरापी एउटा पैसा कमाउने माध्यम मात्रै नभएर यो सामाजिक सेवाजस्तै भएको पनि प्रमुख श्रेष्ठको दावी छ । यो सञ्चालनको उद्देश्य विरामीहरुको सेवा मात्रै होईन, यहाँ १० देखि १५ जना कर्मचारीले दैनिक रुपमा रोजगारीको अवसर प्रदान समेत भईरहेको छ । आफु कोरियाबाट नेपालमै केही गर्ने उद्देश्यले नेपाल आएपछि यसको बारेमा पनि आफुले गम्भिरताका साथ सोचेर अगाडी बढेको उनको भनाई छ ।
कोरियन थेरापी एउटा यस्तो ठाँउ हो, जहाँ शरिरको प्राकृतिक तरिकाबाट रेखदेख गरि कोरियन थर्मल थेरापी मेसिन (ईलेक्ट्रोनिक मसाज प्रविधि) ‘सेराजेम’ को माध्यमबाट मसाज गरि शरिरलाई फिटमा ल्याईछ । सेराजेमको अर्थ हो, सेरा–‘तातो’ र जेमको अर्थ हो, ‘हिरा’ सजिलो अर्थमा बुभm्ने हो, भने यसलाई कुनै पनि बहुउपयोगी तातो ईलेक्ट्रिक बस्तुबाट निरन्तर बगेको तापले मेरुदण्ड हुदैँ शरिरको विभिन्न पार्टहरुमा यसले तन्दुरुस्त बनाउने काम गर्छ ।
एक जना विरामीलाई एउटा बेडमा ४० मिनेट समयको थेरापी दिईन्छ । एक पटकमा त्यहाँ २५ देखि ३० जनासम्मले सेवा लिने गरेका सक्ने प्रमुख श्रेष्ठको भनाई छ । त्यहाँ जाने विरामीहरुलाई पनि त्यहाँ गएपछि आफुलाई सन्चो भएको बताउँछन् । गत वैशाखबाट सेवा लिदैँ आएका खोटाङस्थित मिठुमाया गुरुङ भन्छिन् ‘यहाँ आएपछि पहिलाको भन्दा धेरै ठिक भयो, हातको समस्या थियो, त्यो पनि ठिक हुदैँ गएको छ । त्यो मात्र नभएर शरिरको धेरै समस्याहरु हराउँदैं गएका छन् ।’ मिठुमाँया जस्तै कैंयौँले यहाँबाट सेवा लिएका छन् । दैनिक नै करीब ४ सय देखि ५ सय जनाले सेवा लिने ठाँउमा आफुहरुले काम गर्न पाउँदा खुसी महशुस भएको एक कर्मचारी पवित्रा राई बताउँछिन् ।
फिटनेसमा गएपछि थेरापी मात्र दिदैँनन् त्यहाँ, उनीहरुलाई माँया, ममता तथा स्नेहपुर्वक उनीहरुको हेरचाह गरिन्छ । साथै उनीहरुलाई आदर तथा सत्कारका साथ विरामीको अनुकुलतामा उनीहरुको सेवा गरिन्छ । उनीहरुलाइ बेडमा सुताएर थेरापी मात्रै गराईदैन, त्यहाँ उनीहरुलाई गाउँन लगाईन्छ, नाच्न लगाईन्छ, तथा एक आपसमा भावना साट्ने कुराहरु पनि कम हुदैँनन् । यस्तो गर्नाले उनीहरुमा एक कुशल सोचको विकास हुने तथा उनीहरुको मनको पिर हटेर जाने प्रमुख श्रेष्ठको भनाई छ ।
त्यहाँ गएपछिको कर्मचारीहरुको व्यवहार देखेर पनि उनीहरु रमाईरहेका हुन्छन् । झनै बद्धबृद्धाहरु त उनीहरुको आफुप्रतिको सम्मान देखेर नतमस्तक हुन्छन् । त्यहिँ भएकै कारण त्यहाँ दैनिक धेरैले सेवा लिएका छन् । अरु उमेर समुहका भन्दा पनि सबैभन्दा बढि भने बृद्धबृद्धाहरुले सेवा लिने गरेका छन्, जोरपाटी सेन्टरमा । थेरापीको मेसिन भने निकै महँगो हुने श्रेष्ठको भनाई छ, जुन खरिद गर्नुपर्यो भने, धेरै कस्ट पर्न जाने उनी बताउँछन् । यो मेसिन यसको क्वालिटी तथा यसको क्यापासिटी अनुसार फरक–फरक मुल्यमा खरिद विक्रि हुने हुन्छ । यसको सामान्य थेरापी मेसिनलाई नै करीब १ लाख २५ हजार भन्दा माथि कस्टमा खरिद गर्नुपर्ने उनी बताउँछन् ।
कोरियन थेरापीले एक रोगलाई मात्र नियन्त्रण तथा कम गर्दैन । यसले शरिरमा देखिएको विभिन्न समस्याहरुलाई पनि न्याय गर्न सक्छ । यसमा नसा खुम्चिएको, पिनास, छारे रोग, हाडसम्बन्धि रोग, तथा अन्य रोगहरुलाई यसले कम गराउँछ । विभिन्न रोगहरुलाई पनि औषधीको माध्यमबाट कम गराउन सकिएपनि त्यसको साईड ईफेक्ट्सहरु देखिने हुन्छ । लामो समयको लागि कुनै पनि रोगहरुको निदान गर्नका लागि भने कोरियन थेरापी पनि एक भरपर्दो उपचार विधि भएको प्रमुख श्रेष्ठको भनाई छ । कोरियन थेरापीमा मसाजको माध्मबाट रोगहरुको निदान हुने हुँदा यसले अरु औषधीको जस्तो साईड ईफेक्ट्सहरु नहुने उनीहरु बताउँछन् ।
यस्तो सेवालाई नेपालजस्तो विकासोन्मुख राष्ट्रमा विशेष विस्तार गर्नुपर्ने देखिन्छ । किनकी यहाँ न्यून आयश्रोत भएको ठाँउमा यस खालको स्वास्थ्य सेवालाई विस्तार गर्न सके नेपालीहरु पनि केही हदसम्म दिर्घजिवी हुन सक्लान् की ?