१७ असोज २०७५, काठमाडौँ
चर्चित पत्रकार ऋषि धमला पत्रकारीतामा मात्र नभएर चलचित्र निर्माणमा पनि होमिएका छन् । उनले पहिलो पटक निर्माण गरेको चलचित्र अनुराग यतिबेला देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ । केहिसमय अघि चलचित्रको प्रचारप्रसारको लागि दिनरात दौडिरहेको धमला चलचित्र प्रदर्शनपछि भने आक्रोश भएका छन् । उनले पहिलो पटक निर्माण गरेको चलचित्र अनुराग ले त्यति राम्रो व्यापार गरेको छैन । यसैबीचमा चलचित्रका निर्माता धमला आफूलाई वितरकले चलचित्र चलाउन नदिएको भन्दै आक्रोश पोखेका छन् ।
निर्माता धमलाले आफ्नो चलचित्रको डिमाण्ड निकै आइरहेको तर चलचित्र वितरकले चलचित्र चलाउनको लािग निकै कम हल दिएको भन्दै गुनासो गरेका छन् । चलचित्र रिलिज अगाडि हलहरु धेरै उपलब्ध गराउने कुरा भएको तर चलचित्र रिलिज भैसकेपछि आवश्यक हलहरु उपलब्ध नगराएकाले धमला आक्रोशित भएका हुन् ।
धमला मात्र नभएर उनकी श्रीमती एलिजाले पनि नयाँ कम्पनी र नयाँ कलाकारहरु भएकाले वितरकले चलचित्रका लागि कम हल उपलब्ध गराइदिएको बताएकी छिन् । ऋषि धमलाले वितरकमाथि खुब रिस पोख्दै आफू यस बिषयमा लड्ने बताएका छन् । अब चलचित्र वितरक र धमलाबीच कुरा नमिल्दा अनुरागले कस्तो व्यापार गर्नेछ त्यो भने हेर्न बाकिँ नै छ ।