१८ असोज २०७५, काठमाडौँ
नायक प्रदिप खड्का नेपालका निकै चर्चित नायक हुन् । पछिल्लो समयमा उनको व्यस्तता निकै बढेको छ । उनी एकपछि अर्को चलचित्रमा देखिन थालेका छन् । पछिल्लो समयमा उनले खलेको चलचित्र राज प्रदर्शनमा आएको थियो तर विडम्बना उनको त्यो चलचित्र भने सफल हुन सकेन । हाल प्रदिप दार्जिलिङमा आफ्नो नयाँ चलचित्र लब स्टेशनका लािग व्यस्त छन् ।
आजभन्दा लगभग १ बर्ष पहिले प्रदिपले निकै धुमधामसँग पाँच तारे होटेलमा एक नयाँ चलचित्र गर्ने घोषणा गरेका थिए । प्रेमगीत निर्माता सन्तोष सेनको लगानीमा करिब ६ करोडको हाराहारीमा राजा दिपेन्द्रको रियल घटनामा आधारित भएर चलचित्र दिपेन्द्र सरकार निर्माण हुने घोषणा गरिएको थिए । अझ सन्तोषले त चलचत्रि २०७५ सालको जेठ महिनामा चलचित्र प्रदर्शनमा आउने घोषणा पनि गरेका थिए । तर प्रदिपले त्यो चलचत्रि घोषणापछि २ वटा चलचित्र गरिसके तरपनि दिपेन्द्र सरकार कहिले प्रदर्शनमा आउँछ अत्तोपत्तो छैन । अहिले दिप्न्द्र सरकारको बारेमा प्रदिप र सन्तोष दुवै चुप बसेका छन् ।