च्याम्पियन्स लिग : एथलेटिकोद्वारा म्याड्रिड ३-१ ले पराजित



१८ असोज २०७५, काठमाडौं

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा एथलेटिको म्याड्रिडले बेल्जियमको क्लब ब्रुग्गेलाई पराजित गरेको छ । एथलेटिकोले क्लब ब्रुग्गेलाई ३-१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

एथलेटिकोको जितको श्रेय भने एन्टोनी ग्रीजम्यानलाई जान्छ । उलने एक्लैले २ गोल गर्न सफल भए । त्यस्तै अर्को गोल कोकेले थपे । उता क्लब ब्रुग्गेका अरनौट ग्रोएनभेल्डले १ गोल गरेर शून्यबाट बचाए । पहिलो खेलमा मोनाकोविरुद्ध जित निकालेको एथलेटिकोले दोस्रो खेलमा ब्रुग्गेलाई पराजित गरेको हो । समुह ए मा दुवै खेलमा जित निकालेर ६ अंक हासिल गर्दै  यस सिजनको च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको छ। तर दुबै खेलमा हार बेहोरेको बुग्गे भने शून्यमै सिमित छ ।

एथलेटिकोले अब अर्को खेल ला लिगा अन्तर्गत आइतबार रियल बेटिससँग खेल्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्