१९ असोज २०७५, काठमाडौं
भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बलियो टिम मानिएको भारतसँग खेल्दैछ ।
समुह चरणको समुह उपविजेता नेपालले समुह विजेता भारतसँग खेल्न लागेको हो । नेपाल बंगलादेशसँग मंगलबार पराजित भएपछि समुह उपविजेता बनेको थियो भने भारत समुह ए को विजेता हो । यसरी सरसती हेर्दा नेपालभन्दा भारत केही गुणा बलियो देखिन्छ । तर नेपाल भने भारतविरुद्ध कडा प्रतिस्पर्धामा उत्रिएर फाईनलसम्म जान चाहन्छ । तथापी नेपाललाई पनि उपाधी दाबेदारको रुपमा हेरिएको छ ।
थिम्पुस्थित चाङलीमिथाङ मैदानमा हुन खेल नेपाली समयअनुसार दिउँसो ०३ः१५ बाट सुरु हुने जनाइएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरी ओम श्रेष्ठले भने उपाधी चुम्नु नै नेपालको लक्ष्य रहेको बताउँदै आएका छन् ।