१९ असोज २०७५, काठमाडौं
भुटानको थिम्पुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले सुरुवाती अग्रता पाएको छ ।
अपराह्न ०३ः१५ बाट सुरु भएको खेलको १६ औं मिनटमा नेपाली टोलीका कुमारी घिसिङले साथीको पासलाई सदुपयोग गर्दै बलले जाली चमाएका छन् । भारत समुह चरणको विजेता हो । नेपाल भने मंगलबार बंगलादेशसँग पराजित भएपछि समुह चरणको उपविजेता बनेको थियो । यो नतिजाले नेपाल भन्दा भारत केही गुणा बलियो देखिएको थियो ।
अहिलेको नतिजालाई हेर्ने हो भने फाईनलमा जाने टोली नेपाललाई मान्न सकिन्छ । पहिलो हाफको समयसम्म नेपालले भारतलाई सोही स्थानमा नै राख्न सफल भएको छ ।