१९ असोज २०७५, काठमाडौं
साफ महिला यू–१८ च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) थिम्पुमा भएको खेलमा नेपालद्वारा भारत ३–२ ले पराजित भएको छ । यससँगैं नेपालले फाईनलमा प्रवेश गरेको छ ।
पहिलो हाफको १६ औं मिनेटमा कुमारी घिसिङको गोलसँगैं नेपालले पहिलो अग्रता पाएको थियो । खेलको पहिलो हाफमो शुन्यै लिएर खेलिरहेको भारतका लागि खेलको दोस्रो हाफको ६१ औं मिनेटमा समिक्षाले नेपाललाई चूनौतीको रुपमा १ गोल फर्काएकी थिईन् । खेलको निर्धारित समयसम्म समान अंक १–१ सहित खेलेको एकआपसका प्रतिद्वन्दी नेपाल र भारतले केही गर्न सकेनन् । निर्धारित समयपछिको अतिरित्त समयमा केही नतिजा नबाहिरिएपछि बाँकी खेल प्यानल्टी सुटआउटबाट गरिएको थियो ।
नेपालले अब भुटान र बंगलादेशबिचको विजेतासँग खेल्ने छ ।