२० असोज २०७५, संखुवासभा
संखुवासभाको खाँदवारीमा पुस्तकालय स्थापना भएको छ । जूनकीरी अविश्रान्त उज्यालो नामक सामाजिक संस्थाले २५ सय थान पुस्तक उपलब्ध गराएपछि पुस्तकालय स्थापना भएको हो ।
पुस्तकालय खाँदबारीमा रहेको गुठीद्वारा संचालित बरुण सेकेन्डरी इङ्लिस स्कुलमा स्थापना गरिएको संस्थाका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिए ।
लामो मिहेनत पछि किताब संकलन गर्न सफल भएको संस्थाले जनाएको छ । शुक्रबार एक कार्यक्रमकाबीच संखुवासभाका जिल्ला शिक्षा अधिकारी केशव भट्टराईले पुस्तकालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश थपलियालाई पुस्तकको बजार मूल्य १० लाख बराबर रहेको पुस्तकालयको चाबी हस्तान्तरण गरिएको होे । गोकर्णेश्वर नगरपालिका ०६ मा केन्द्रिय कार्यालय रहेको उक्त संस्था सामाजिक एवं साहित्य कार्यक्रममा सक्रिय छ ।