२१ असोज २०७५, काठमाडौँ
ए.आर बुढाथोकी बरिष्ठ संगीतकार तथा गायक टंक बुढाथोकीका छोरा हुन् । उनी निकै साना छन् तर उनमा संगीतको राम्रो ज्ञान छ । उनका बाबु संगीतकार भएका कारण पनि उनलाई संगीत सिक्न सजिलो भएको छ । उनले गीतहरु पनि गाएका छन् । उनले मेलिना राईसँग कसरी कसरी भन्ने गीत गाएका छन् । जुन बजारमा निकै सफल भएको छ ।
ए.आर बुढाथोकीले फेरि अर्को पनि गीत निकालेका छन् । उनले केहिसमय अघिमात्र रिलिज भएको दुई दुना चार बोलको गीतमा कभर गरेका छन् । उनले एकपटक फेरि मेलिना राईसँग गीत गाएका छन् । उनी सानै छन् तर उनको आवाज निकै राम्रो र मिठो छ । उनले आफ्नो आवाजमा निकै निखार ल्याइरहेका छन् । सानै उमेरमा यति मिठो गीत गाउन सक्ने ए.आर पछि भविष्यमा राम्रो गायक बन्न सक्छन् ।