ओलम्पिक खेलका लागि एशिया छनौट खेल खेल्ने नेपाली महिला टोलीको घोषणा



२१ असोज २०७५, काठमाडौं

जापानमा सम्पन्न हुने सन् २०२० को ओलम्पिक खेलका लागि एशिया छनौट खेल खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ । रेनुका अधिकारीको कप्तानीमा आईतबार एन्फाले २२ सदस्यीय टोलीको घोषणा गरेको हो । सो टोलीमा ५ नयाँ खेलाडी पनि समावेश गरिएको छ । अन्य १७ खेलाडी भने पुरानै रहेका बताईएको छ ।

एन्फाले प्रशिक्षणका लागि बोलाएको ४७ खेलाडीबाट अन्तिम २२ खेलाडीको टोली घोषणा गरेको हो । एन्फाले भाद्र पहिलो साताबाट सो प्रशिक्षण सुरु गरेको थियो । नेपाली टोलीले सोमबारबाट विशष क्लोज क्याम्प सुरु गर्नेछ । त्यसपछि तीन साता लामो क्लोज क्यामपछि नेपाली टोली चीन तर्फ जानेछ, त्यहाँ सो टोलीले २ अभ्यास खेल खेल्नेछ । एशिया कप छनौटको समुह सि मा म्यानमार, बंगलादेश र भारत रहेका छन् । नेपालले सो छनौट खेल ८ नोभेन्बर बाट सुरु गर्ने छ । ८ मा भारतसँग, ११ मा म्यानमारसँग र १३ मा बंगलादेशसँग खेल्ने नेपालले सबै खेल मैत्रीपुर्ण खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर एन्जिला सुब्बा, रुपा राणामगर र लिला लाम्गाड, डिफेन्डरमा गिता राणा, कविता घिताल, पुनम मगर, मेनुका गिरी, अमृता जैसि, मनमाँया लिम्बु, हिरा कुमार, भुजेल र सञ्जना घर्ती, त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दिपा राई, अनिता बस्नेत, गिता न्यौपाने, गिता अधिकारी, विमला चौधरी तथा इन्दिरा राई रहेका छन् ।

त्यसैगरि स्ट्राईकरमा अनिता केसी, सर्मिला थापा, निरु थापा र सावित्रा भण्डारी रहेका छन् । सो टोलीका मुख्य प्रशिक्षकमा हरी खड्का र प्रशिक्षक मृगेन्दै मिश्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्