२२ असोज २०७५, काठमाडौं
साफ महिला च्याम्पियनसिप यू–१८ अन्तर्गत नेपाल बंगलादेशद्वारा पराजित हुँदै दोस्रो स्थानमात्र हासिल गर्न सफल भएको छ ।
भुटानको राजधानी थिम्पुको चाम्लिङथा रंगशालामा सम्पन्न खेलमा नेपाल १–० को गोलअन्तरले पराजित भएको हो । बंगलादेशका लागि खेलको ४९ औं मिनेटमा मसुरा पर्विनले गरेको गोल नै उसको लागि उपाधी चुम्ने दह्रो आधार भयो ।
समुह बी मा रहेको नेपाल समुह चरणको खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । त्यसैगरि नेपालले भारतलाई सेमिफाईनलको खेलमा प्यानल्टी सुटआउटबाट ३–२ ले हराएको थियो ।